Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

रक्षामन्त्रीको हेलिकोप्टर बसाउन क्रिकेट खेल स्थगित

कलैया, कार्तिक १८ । सत्तारुढ पार्टीको चियापानमा भात लिन रक्षामन्त्री ईश्वर पोखरेल शनिवार कलैया पुगे, नेपाली सेनाको हेलिकोप्टरचढेर । त्यतिले मात्र पुगेन, जिल्लाका २० विद्यालय सहभागी क्रिकेट प्रतियोगिता स्थागित भयो ।

कलैयाको सिद्देश्वर क्रिकेट मैदानमा हेलिकोप्टर ल्याण्ड गर्नुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय बाराले त्यहाँ जारी जिल्ला स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता स्थगित गर्न लगाएको हो । प्रतियोगिता रोक्न लगाएपछि शनिबारका दुई खेल प्रभावित भएको कलैया क्रिकेट क्लबका एक पदाधिकारीले बताए ।

शनिवार विदा भएकोले शनिवार तीन खेल थिए, दर्शकको भिड थियो । तर, सबैलाई धपाएर खाली बनाएको मैदानमा रक्षामन्त्री ओर्लिए र पार्टीको कार्यक्रममा तीन घन्टा १० मिनेट बिताए । रक्षामन्त्रीका कारण दुई खेल रद्द हुँदा आयोजकलाई आर्थिक भार थपिनुका साथै कार्यक्रमको पूर्व निर्धारित तालिका समेत बिग्रीएको छ । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: