Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अब भारतबाट फर्किदा भिसा चाहिने

काठमाडौं, कार्तिक १८ । भारतका जुनसुकै अन्तराष्ट्रिय विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक जाने नेपालीले भारतीय अध्यागमनमा अनिवार्य रुपमा नो अब्जेक्सन सर्टिफिकेट एनओसी पेस गर्नुपर्ने भएको छ ।

नेपाली महिलालाई अवैध रुपमा खाडी जान रोक्ने उदेश्यले दुई देशको सहमतिमा करिब डेढ बर्षअघि एनओसीको नीति लागु गरिएको थियो । तर, भारतले सबै देश जाने सबै नेपालीबाट यस्तो कागज माग्न थालेपछि यात्रुलाई सस्ती भएको छ ।

सरकारले श्रमको इजाजत नदिएका लिबिया, सिरिया, लेबनान, कुवेत, कतार, साउदी, अरब, युनाइटेड बरब इमिरेट्स, इराक र ओमनमा नेपाली महिला अवैध रुपमा जाने र अलपत्र पर्ने भएपछि रोक्न एनओसी पेस गर्नुपर्ने नियम लागु भएको थियो । अहिले युरोप, अमेरिका, अस्टे«लिया जानेले पनि एनओसी बुझाएर मात्रै जहाजमा उड्ने अनुमति पाउँछन् । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: