Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

राष्ट्रपति भण्डारी यूरोप भ्रमण जाँदै

काठमाडौं, कार्तिक १८ । आफ्नो दोस्रो कार्यकालको पहिलो विदेश भ्रमण पुरा गरी गत विहीवार कतारबाट स्वदेश फर्किएकी राष्ट्रपति विद्यादेवी भण्डारी एक महिनापछि यूरोप भ्रमणमा जाने तयारीमा जुटेकी छन् ।

भण्डारी आगामी मंसिर दोस्रो साता पोल्यान्ड भ्रमणमा जाने राष्ट्रपति कार्यालयले जनाएको छ । जलवायु परिर्वतन सम्बन्धी राष्ट्रसंघिय अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रपति भण्डारी सहभागी हुने भएसँगै भ्रमणको तयारी अघि बढाइएको हो । दुई साता लामो राष्ट्रसंघिय २४ औं बार्षिक सम्मेलन आगामी मंसिर १६ देखि पोल्यान्डको काटोइसमा सुरु हुँदैछ ।

आयोजकले यसपटक अन्य मुलुकका राष्ट्र तथा सरकार प्रमुखलाई पनि निम्तो पठाएको छ । सरकारले राष्ट्रपतिको भ्रमणको औपचारिक निर्णय गर्न भने बाँकी छ । नेपाल समाचारपत्रमा खबर छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: