Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पीपीएलः फाइन प्रवेशका लागि पारसको चितवन र ज्ञानेन्द्रको काठमाडौं भिड्दै [LIVE]

काठमाडौं, कार्तिक १८ । सर्वाधिक धनराशिको घरेलु क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिगको फाइनल प्रवेशका लागि अहिले पारस खड्काको कप्तानिमा रहेको चितवन राईनोज र ज्ञानेन्द्र मल्लको कप्तानिमा रहेको काठमाडौं गोल्डेन्स ईलिमिनेटरमा प्रतिस्पर्धा गर्दैछ्न् । आज काठमाडौंले टस जितेर ब्याटिङ रोजेको छ ।

 

पोखरा रंगशालामा हुने खेल केही बेरमा सुरु हुदैछ । आज हुने खेलमा विजेता टोली फाइनल प्रवेश गर्नेछ भने पराजित हुने टोलि प्रतियोगिता बाट बाहिरिने छ । विजेता टोलिले अगामी मंगलबार फाईनलमा पोखरा पल्टन्सको सामना गर्नेछ ।

 

समुह चरणमा काठमाडौं गोल्डेन्स माथि १३ रनको जित निकालेको चितवन आजको खेलमा उच्च मनोबल सहित उत्रेको छ भने काठमाडौं दबाबमा रहेको छ ।यस अघि प्रतियोगितामा सहभागिता ६ टोलि मध्ये धनगढी ब्लुज , बुटवल बलास्टर र विराटनगर टाईटन्स भने समूह चरण बाटै बाहिरिएका थिए । प्रतियोगिताको विजेता टोलिले २७ लाख र उप-विजेता टोलिले १० लाख पुरस्कार पाउनेछ्न ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: