Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कालिञ्चोकमा आइतबारदेखि व्यावसायिकरुपमै केबुलकार सञ्चालनमा, शुल्क पाँच सय !

जिरी, कार्तिक १८ ।

दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा आइतबारबाट व्यावसायिक रुपमा केबुलकार सञ्चालनमा आएको छ ।
दशैंँअघि परीक्षण गरिएको केबुलकार आइतबारदेखि व्यावसायिकरुपमै सञ्चालनमा आएको हो ।

‘सञ्चालनमा आएपछि जिल्लाको कालीञ्चोक गाउँपालिकास्थित कुरी हुँदै कालीञ्चोक र कालिञ्चोक हुँदै कुरी आवतजावत गर्ने दर्शनार्थी र पर्यटकलाई सहज भएको छ । कालीञ्चोक केबुलकारको चारवटा कार रहेकोमा एउटा कारमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने कालिञ्चोक दर्शन लिमिटेडले जनाएको छ । त्यसमध्ये हाल एउटा कार सञ्चालनमा ल्याइएको कालीञ्चोक केबलकारका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले जानकारी दिए ।

कालिञ्चोक दर्शन लिमिटेडले साँढे २ वर्षअघि निर्माण शुरु गरेको कालिञ्चोक केबुलकार करीब रु ४५ करोडको लागतमा सम्पन्न भएकोे हो । केबुलकारमा यात्रा गर्न आउने यात्रुलाई प्रतिव्यक्ति ५ सय रुपैयाँ शुल्क लिएर सेवा प्रदान गरिएको अधिकृत शिवाकोटीले बताए । सर्वसाधारणलाई रु पाँच सय शुल्क लाग्नेमा कालिञ्चोक क्षेत्रका मानिसलाई भने केही सहुलियत हुने कालीञ्चोक दर्शन लिमिटेडले जनाएको छ ।

स्वीस प्रविधिबाट निर्माण भएको केबुलकार देशका अन्य स्थान मनकामना र चन्द्रागिरीको भन्दा फरक प्रविधिको रहेको छ ।
केबुलकार सञ्चालनमा आएपछि दोलखाको पर्यटन विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको छ । प्रशासनबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: