Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

७ वर्षअघि निर्माण गरेको व्यवस्थित हाटबजार प्रयोग हुँदा स्थानीयको गुनासो

धनकुटा, कार्तिक १८ ।

धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिधुवा बजारमा ७ वर्षअघि निर्माण गरिएको व्यवस्थित हाट बजारस्थल प्रयोगविहीन भएको छ ।

एसियाली विकास बैंकको ५० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण गरिएको हाट बजारस्थल वर्षौसम्म प्रयोगविहिन बनेको हो । उद्देश्य अनुसार सो स्थानमा हाट बजार नलगाईदा भौतिक संरचना जिर्ण बन्दै गएको स्थानीयको गुनासो छ ।

पर्यटकीय दृष्टिले महत्व बोकेको सिधुवा तरकारी उत्पादन तथा बिक्रीका दृष्टिले समेत प्रसिद्ध स्थल हो ।

बजारबाट टाढा भएको र बाटो समेत सहज नभएकोले सो स्थानमा हाट बजार लगाउन नसकिएको बजार व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार श्रेष्ठले बताए । लाखौको लागतमा निर्माण गरिएको स्थलमा हाट बजार व्यवस्थापन गर्न स्थानीयबासीसँग समन्वय गरिने गाउपालिकाको उपाध्यक्ष भीमकला श्रेष्ठले बताए । कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: