Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

यातायात विभागद्वारा स्मार्ट लाईसेन्स छपार्इको काम सुरु

काठमाडौं, कार्तिक १८ ।

निजी क्षेत्रको कम्पनीसँगै यातायात व्यवस्था विभागले पनि स्मार्ट लाईसेन्स छपाईको काम सुरु गरेको छ ।

स्मार्ट लाईसेन्सका लागि आवेदन दिनेको संख्या दिनप्रतिदिन बढ्न थालेपछि यातायात व्यवस्था विभाग आफैले पनि स्मार्ट लाईसेन्स छपाई शुरु गरेको हो । यसअघि विभागले निजी क्षेत्रको मालिका ईन्कर्पोरेटलाई ४५ दिन भित्र ५ लाख कार्ड छाप्ने जिम्मा दिएको थियो ।

कम्पनीले अहिले दैनिक ११ हजार बढी कार्ड छापिरहेको बिभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्ययले जानकारी दिनुभयो । विभागले भने आबश्यक उपकरणको अभाव देखाउदै कम मात्रामा स्मार्ट लाईन्स छाप्दै आएको छ ।

प्रक्रिया पूरा गरिसकेका ५ लाख चालकको कार्ड मालिकाले छाप्ने र अन्यको बिभागले नै छपाई थालेको उनले बताए । यातायात व्यवस्था विभागले मुलुकभर ३२ लाख बढी सवारीचालक अनुमतिपत्र जारी गरेको जनाएको छ ।

यसैबीच यतायत व्यवस्था विभागले ट्याक्सीको सट्टा दर्ता प्रक्रिया तत्काल नखुलाउने जनाएको छ ।

ट्याक्सीको गुणस्तर र मापदण्ड कायम गर्न भन्दै बिभागले ट्याक्सीको सट्टा दर्ता प्रक्रिया रोकेको थियो । अन्तर्राष्ट्रिय मापदण्डको ट्याक्सी ल्याएर गुणस्तर कायम राख्ने तयारीस्वरुप दर्ता प्रक्रिया तत्काल नखोल्ने विभागले जनाएको छ ।

विभागका प्रवक्ता उपाध्ययले भने– ‘गुणस्तर र मापदण्डलाई ध्यान दिँदै अर्को निर्णय नभएसम्म सट्टा दर्ता खुल्दैन । ८ सय सीसीका ट्याक्सीको बिकल्पमा सुविधा सम्पन्न ट्याक्सी ल्याउने बिषयमा छलफल भइरहेको छ । त्यसपछि मात्र दर्ताको प्रक्रिया सुरु हुने छ । कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: