गोली हानी हत्या गर्ने दोषीलाई कारबाहीको माग गर्दै कांग्रेसद्वारा सर्लाही बन्द

सर्लाही, कार्तिक १८ ।

सर्लाहीको रामनगरमा गोली हानेर आफ्ना कार्यकर्ता हत्या गर्ने दोषीलाई कारबाही माग गर्दै नेपाली कांग्रेस जिल्ला समितिले आइतबार जिल्ला बन्द गराएको छ।

गत मंगलबार रामनगर गाउँपालिका वडा नम्बर ४, बहुअर्वा टोलमा नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडप हुँदा गोली लागेर कांग्रेस कार्यकर्ता स्थानीय ५५ वर्षीय रामविलास महतोको मृत्यु भएको थियो।

उक्त घटनाको विरोधमा शनिबार साँझ जिल्लाका मुख्य बजारहरूमा मसाल जुलुस निकालेको कांग्रेसले आइतबार एक दिन सर्लाही बन्दको घोषणा गरेको हो।

याे पनि पढ्नुस  चुनावी विषयमा झडप हुँदा प्रहरीद्वारा ४ राउन्ड हवाईफायर

बिहान ७ बजेदेखि जिल्लाका सबै बजार र भित्री सडक बन्द गराइएको कांग्रेसका जिल्ला सभापति नागेन्द्र रायले जानकारी दिए। यसैगरी अहिले बिहान ११ बजेदेखि पूर्वपश्चिम राजमार्गमा एक घण्टाका लागि चक्का जाम गरिएको उनले जानकारी दिए।

बजार बन्दको कार्यक्रम भने साँझ ५ बजेसम्म जारी रहने नेपाली कांग्रेस सर्लाही जिल्ला समितिले जनाएको छ। जिल्लाका भित्री बजारहरू बन्द भए पनि राजमार्ग क्षेत्रका लालबन्दी, हरिवन, नवलपुरजस्ता मुख्य बजारमा भने बन्दको प्रभाव आंशिक मात्र परेको स्थानीय बासिन्दाले बताएका छन् ।

याे पनि पढ्नुस  यस्ताे छ सर्लाहीका २० वटै स्थानीय तहको ताजा मतपरिणाम

यस्तो थियो घटना

घटनाको अघिल्लो दिन कात्तिक १२ गते नागरिकता बनाउन नेकपा कार्यकर्ताको एक समूह रामनगर गाउँपालिकाको ४ नम्बर वडा कार्यालय गएका थिए । त्यस क्रममा वडाध्यक्ष रामनरेश महतोसँग विवाद भएको थियो। कांग्रेसबाट निर्वाचित वडाध्यक्ष महतोलाई उनीहरूले हातपात गरेपछि दुई पक्षबीच मतभेद बढेको थियो।

सोही निहुँमा भोलिपल्ट कात्तिक १३ गते नेकपा र कांग्रेस कार्यकर्ताबीच रामनगर वडा नम्बर ४ को बहुअर्वा टोलमा झडप भएको हो । त्यस क्रममा कांग्रेसका स्थानीय कार्यकर्ता ५५ वर्षीय रामविलास महतोलाई गोली लागेर मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए । मृतक महतो वडाध्यक्ष रामनरेशका काका हुन्।

याे पनि पढ्नुस  भोकै बसेका ७० मुस्लिम परिवारलाई महानायक हमालले बाँडे राहत

नेपाली कांग्रेसले नेकपाका कार्यकर्ताले गोली चलाएको आरोप लगाउँदै आएको छ भने नेकपाले विज्ञप्ति जारी गर्दै घटनामा आफ्नो पार्टीको संलग्नता नरहेको बताएको छ । नेपालखबरबाट

कमेन्ट गर्नुहोस्