बागमती सफाई महाअभियानको २८६औं हप्ताको अभियान सम्पन्न

काठमाडौं, कार्तिक १९ ।

बागमती सफाई महाअभियानको २८६औं हप्ताको सफाई अभियान बुद्धनगर पुलमा सम्पन्न भएको छ ।

शनिबारको अभियानमा नेपाली सिनेमा जगतकी सदाबहार नायिका करिष्मा मानन्धरको बिशेष उपस्थिति रहेको थियो । शनिबारको अभियानबाट करिब ४ मेटिक टन फोहोर ब्यबस्थापन गरीएको छ ।

अभियानमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, अधिकार सम्पन्न बागमती आयोजना सहित १८ वटा संघसंस्था र बागमती अभियन्ताहरुको उपस्थिति रहेको थियो ।

याे पनि पढ्नुस  ३ दिनसम्म देशभर भारी वर्षा हुने सम्भावना

अभियानको समापनमा बोल्दै बिशेष अतिथी करिष्मा मानन्धरबाट जल, जंगल, जमिन अादि प्रकृतिले बिना कुनै स्वार्थ मानिसलाई जीवन दिईरहेको हुन्छ । तर मानवले प्रकृतिको आवश्यतकता थाहा भएर पनि यसको संरक्षण गर्न सकिरहेका छैनौ जसको फलस्वरुप पूर्खाहरुको पौडी खेल्दै आएको बागमतीलाई हामीले फोहोर गरी ढलजस्तो बनायौं तर केही सचेत नागरीकले विगत ५ वर्षदेखि यो अभियान चलाएर आजको यो बागमती बन्न सकेको छ । हामी सबै लागेमा बागमती पहिला कै अबस्थामा फर्काउन सकिन्छ तर सरकारले जिम्मेवारी लिएर काम गर्नुपर्ने सुझाब दिए ।

याे पनि पढ्नुस  बन्धक बनाएर दुई सातासम्म १५ वर्षे किशोरीमाथि सामूहिक बलात्कार

बागमती सफाई महाअभियान २०७० जेष्ठ ५ गतेदेखि निरन्तर संचालन भएको अभियान केही सचेत नागरीक संस्थासहित तत्कालिन मुख्य सचिव लिलामणी पौडयालको सक्रियतामा शुरु भएको अभियानमा हालसम्म करिब १० लाख जनाको सहभागीतामा करिब १८सय संस्थाको सहभागीता भै सकेको छ भने करिब १५ हजार मेटिक टन फोहोर ब्यबस्थापन भैसकेको यो अभियानको कारण सरकारले बागमती आयोजनामार्फत तिब्रगतीमा काम अगाडी बढाउन नैतिक दबाब परेको छ ।

याे पनि पढ्नुस  दशैंको बेला अस्ट्रिचको मासुको माग बढ्यो

यो अभियानको प्रेरणाबाट हाल उपत्यकाका सहायक नदी र चक्रपथ गरी करिब ११ स्थानमा र उपत्यकाका बाहिर करिब ९० स्थानमा सफाई अभियान संचालनमा रहेको छ ।

कमेन्ट गर्नुहोस्