Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

लक्ष्मीले ल्याइन् देउसी भैलो गीत ‘कोही कोही मान्छे’ (भिडियोसहित)

काठमाडौं, कार्तिक १८ ।

बेला–बेलामा फरक–फरक गीत दर्शक श्रोताको मन जित्दै आएकी गायिका लक्ष्मी आचार्यले नजिकिदै गरेको तिहारलाई लक्षित गर्दै देउसी भैलो गीत ‘कोही–कोही मान्छे’ को भिडियो सार्वजनिक गरेकी छन् ।

देउसी भैलो संस्कृतिले भरिएको आकर्षक भिडियोसहित उनले यो गीत सार्वजनिक गरेकी हुन् । उनकै स्वर रहेको गीतमा शब्द तथा संगीत भने जय देवकोटाको रहेको छ ।

थुप्रै सहायक कलाकार प्रयोग गरिएको गीतको भिडियोमा लिड उनी आफैले गरेकी छन् ।

ओम श्रेष्ठको कोरियोग्राफी, राजेश घिमिरे र बिरेन्द्र भट्टको छायाँकन, अभिनास डिसीको सम्पादन रहेको भिडियो बविता श्रेष्ठले निर्देशन गरेकी हुन् । लक्ष्मीले सांगीतिक क्षेत्रमा थुप्रै हिट लोक, आधुनिक र तीज गीत दिएकी छन् ।

हेर्नुहोस् तिहारलाई लक्षित गर्दै बजारमा आएको देउसी भैलो गीतको भिडियो

कमेन्ट गर्नुहोस्

%d bloggers like this: