ग्यास पड्केर आगलागी हुँदा ३ जना घाइते

भक्तपु, कार्तिक १८ ।

मध्यपुरथिमि नगरपालिका–७ धुञ्चेपाखामा आइतबार बिहान शुकदेव बडालको घरमा आगोलागी हुँदा ३ जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा शुकदेवको श्रीमती ५० वर्षीया हरिमाया, उनको भाइ ४५ वर्षीय पदमनाथ र ३१ वर्षीया छोरी रुपा रहेका छन् । घाइतेको काठमाडौंको सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिए ।

याे पनि पढ्नुस  भक्तपुर–काठमाडौं नगर बस सञ्चालन

बिहान ग्यास बाल्ने क्रममा आगलागी भएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्