Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

दार्जिलिङपछि काठमाडौंमा ‘लभ स्टेशन’

नेपाली चलचित्र ‘लिलीविली’ बाट लोकप्रियता हासिल गरेका जोडी प्रदीप खडका र जसिता गुरुङ अभिनित अर्को चलचित्र लभ स्टेशनको यतlबेला काठमाडौंमा छायाँकन भईरहेको छ ।

यो चलचित्रको दुईवटा गीत बाहेकको बाँकी छायाँकन तिहारअघि नै काठमाडौंमा सकिँदै छ ।

दार्जिलिङ, कालिङपोङ, खार्साङ, मिरिकमा ६० प्रतिसत छायाँकन सकेर दशैंलगत्तै निर्माण टोली नेपालको इलामको पशुपतिनगर आएको थियो । एक साताको इलाम बसाईमा पशुपतिनगर, फिक्कल, इलाम, कन्याम र श्रीअन्तुमा २० प्रतिशत छायाँकन सकेर चलचित्र ‘लभ स्टेशन’को युनिट २ दिनअघि काठमाडौं आएको हो ।

काठमाडौंको बाँकी १० प्रतिसत छायाँकन यतिबेला भईरहेको छ । तिहारसम्ममा काठमाडौंको छायाँकन सम्पन्न गर्ने यसका निर्माता गोविन्द शाहीले बताएका छन् ।

चलचित्रको १२ असोजबाट दार्जिलिङदेखि छायाँकन सुरु गरिएको थियो । ‘हामीले लक्ष्मीपुजासम्म करिब ९० प्रतिसत छायाँकन सक्दै छौं । अब तिहारपछि बाँकी एउटा गीत मनाङको विभिन्न सुन्दर स्थानमा र एउटा गीत जापानमा खिच्दै चलचित्रको छायाँकन सम्पन्न गर्नेछौं ।’ निर्माता शाहीले भने, ‘हामीले तोकेको निर्धारित ४५ दिनभित्रै चलचित्रको सम्पूर्ण छायाँकन सम्पन्न हुँदैछ ।

लभ स्टेशनलाई अब यो बर्षको अन्तिमसम्ममा हामी देश व्यापी सिनेमा हलमा रिलिज गर्ने छौं ।’ यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरिरहेका छन् । उनका अनुसार चलचित्र ‘लभ स्टेशन’ सांगीतिक प्रेमकथामा आधारित पारिवारिक सिनेमा हो । जसमा प्रदीप, जसिताले अहिलेसम्मकै राम्रो काम यसमा गरेको पनि निर्देशक घिमिरेको भनाई छ । चलचित्रभित्र ‘लभ स्टेन’ शेष ठाउँको नाम हुने निर्देशक घिमिरेले प्रस्ट्याएका छन् ।

यस्तै अभिनेता प्रदीपले यो पारिवारिक प्रेमकथामा आधारित रहेकाले विगतको सिनेमा भन्दा लभ स्टेशन केही पृथक बन्ने बताएका छन् । अहिलेसम्मको काम प्रशंसनीय भएको यी अभिनेताको भनाई छ । यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवि डंगोल, दिनेश काफ्ले, कालु राना सहितको अभिनय छ ।

‘लभ स्टेशन’लाई काफिया फिल्मसको व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।

आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: