Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रदर्शनको अन्तिम समयमा सिनेमा ‘अनुग्रह’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

सामाजिक कथा बोकेको पारिवारिक सिनेमा ‘अनुग्रह’ले सिनेमाको ट्रेलर सार्वजनिक गरेको छ ।

कात्तिक महिनाको ३० गतेबाट सिनेमा सार्वजनिक प्रदर्शनमा आउने यस सिनेमालाई वितरक सरोज शर्माले वितरण गरेका छन् । सिनेमाको अंग्रेजी नाम ‘द ग्रेस’ राखिएको छ ।

निर्देशक कुमार केसी निर्देशित सिनेमामा तन्नेरी प्रेमकथा र परिवारको मायाँ लाई समेटिएको छ ।

जोनिका सेन्चुरीको प्रस्तुतिमा सन्तोष खबासले निर्माण गरेको सिनेमामा रोहन सेन्चुरी तथा भारतीय नायिका तथा मोडल आरती गुप्ता, सञ्जय न्यौपाने, राजन गिरी, दीपशिखा सिलवालको प्रमुख अभिनय रहेको छ । सिनेमामा ज्ञानेद्र गिरि र ड्रोकास बिश्वा सह–निर्माताको रुपमा रहेकाछन ।

विक्रम डीसीको छायांकन, तारा थापाको सम्पादन, नवीन सुब्बाको संगीत रहेको सिनेमाको एक गीत र पोष्टरसँगै सिनेमा प्रदर्शन मिति सार्वजनिक गरिएको हो । लक्ष्मी वैंकटेस सिने मेकर्स र अनुग्रह फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमा लाई नेपालको पुर्वाञ्चलको रमणीय स्थानहरुमा छायांकन गरिएको छ हो ।

युवापुस्ता लक्षित चलचित्रमा बाल कलाकार क्रिस्टिना सेन्चुरीको समेत भूमिका छ । रोमान्स, द्वन्द, इमोसन र सामाजिक मुद्दा समेत समेटिएको फिल्मलाई सबै उमेर समूहका दर्शकले रुचाउने जनाइएको छ ।

हेर्नुहोस् यो ट्रेलर भिडियो-

कमेन्ट गर्नुहोस्

%d bloggers like this: