Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

हत्यामा स‌ंलग्न रहेकी गुण्डा नाइके समीरमानकी श्रीमती पक्राउ

काठमाडौं, कार्तिक १८ ।

गुण्डा नाइके समीरमान बस्नेतकी श्रीमती पक्राउ परेकी छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले समीरकी श्रीमती माया शेरचन बस्नेतलाई काठमाडौंबाट पक्राउ गरेको जनाएको छ । महाशाखाले उनलाई गौचन हत्या, गुण्डा नाइके दावामा लामामाथि गोली प्रहार, युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्या लगायतमा संलग्न रहेको देखिएपछि पक्राउ गरिएको जनाइएको छ ।

गौचन हत्याको आरोपमा अपराध महाशाखाको टोलीले कात्तिक १२ गते लोप्साङ लामा, अम्बर बहादुर राना र रोशन बुढाथोकीलाई पक्राउ गरेपछि उनको पनि संलग्नता खुलेको देखिएको हो। उनीहरुको बयानको आधारमा पक्राउ गरेको स्रोतले जानाएको छ ।

पति समीरमान भने अहिले जेलमै छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले भारतबाट पक्राउ गरेर मंसिर १७ गते सार्वजनिक गरेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: