Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा २ को मृत्यु ६ घाइते

कन्चनपुर, कार्तिक १८ । यहाँ बेदकोट नगरपालिकामा मलामी बोकिरहेको एउटा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमैं मृत्यु भएको छ ।

मृत्यु हुनेमा बेदकोट नगरपालिका–४ का ३५ वर्षीय राजेन्द्र नागरी र सोही ठाउँका ३२ वर्षीय प्रेमसिंह धामी छन् ।

उक्त दुर्घटना बेदकोट नगरपालिका–८, काङ्ला पुलनजिकै भएको हो । दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन् ।

आइतबार मलामी गएर महाकाली नदीबाट फर्कंदै गरेको से१त ५४२२ नम्बरको ट्याक्टरलाई सोही दिशाबाट आएको म१च ३११ नम्बरको जीपले उछिन्ने क्रममा ठक्कर दिँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको कन्चनपुर र धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

ट्याक्टरलाई ठक्कर दिने गाडीका चालक प्रेमसिंह बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ट्याक्टरमा १५ जना सवार रहेको जनाइएको छ ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: