Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

झारफुकको बहानामा बलात्कार गर्ने ७१ वर्षीय गुरुवा पक्राउ

बर्दिया, कार्तिक १८ । बर्दियामा झारफुकको बहानामा महिलामाथि बलात्कार गर्ने एकजना गुरुवा पक्राउ परेका छन् । झारफुक गरेर क्यान्सर रोग निको पार्ने भन्दै महिलालाई बलात्कार गर्दै आएका बारबर्दिया १० बैदीका ७१ वर्षीय गुरुवा सुब्बा थारू पक्राउ परेका हुन् ।

 

क्यान्सरबाट पीडित ४१ वर्षीया महिलालाई उनले १० महिनादेखि घरमै बोलाएर बलात्कार र यौन शोषण गरेको प्रहरीले जनाएको छ । लामो समयसम्म पनि रोग निको नभएपछि महिलाले प्रहरीमा उजुरी दिएपछि थारू पक्राउ परेका हुन् । थारू समुदायमा झारफुक गर्नेलाई गुरुवा भनिन्छ । अन्धविश्वासका कारण अझै पनि थारू महिला झारफुकमै भर पर्छन् ।

 

राति फोन गरी झारफुक गर्न बोलाउने र भनेको नमाने रोग निको नहुने भनेपछि केही समय सहेरै बसेको तर रोग बढ्दै गएपछि प्रहरीमा उजुरी गरेको पीडित महिलाले प्रहरीसमक्ष बताएकी छन् । प्रहरी निरीक्षक वसन्त गौतमले थारूलाई जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरिएको बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: