सोमबार अपरान्ह साढे २ बजे उपराष्ट्रपतिद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सुरु

काठमाडौं, कात्तिक १९ ।

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले तिहार, छठ एवम् नेपाल संवत् ११३९ को अवसरमा सोमबार अपरान्ह शुभकामना आदानप्रदान तथा जलपान समारोह आयोजना गरेका छन् ।

उपराष्ट्रपतिको कार्यालय, बहादुर भवनमा आयोजना हुने जलपान सोमबार अपरान्ह साढे २ बजेबाट सुरु हुने छ ।

याे पनि पढ्नुस  उपराष्ट्रपति पुनद्वारा देवघाटको अवलोकन (फोटो फिचर)

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायाधीश ओमप्रकाश मिश्र, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना लगायत उच्च पदाधिकारीलाई आमन्त्रण गरिएको छ ।

समारोहमा पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्रीहरु, उपप्रधानमन्त्री, मन्त्री, प्रदेश प्रमुखहरु, राजनीतिक दलका नेताहरु, संवैधानिक अंगका प्रमुखहरु, प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरु, प्रदेश सभा सदस्यहरु, कुटनीतिक नियोगका प्रतिनिधि, सरकारका उच्च पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु, उद्योग व्यवसायी, मानवअधिकारकर्मी, कालकार, पत्रकार लगायतलाई आमन्त्रण गरिएको उपराष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ ।

याे पनि पढ्नुस  उपराष्ट्रपतिमा पुन दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित

उपराष्ट्रपतिले यस अघि कात्तिक १६ गते जलपान समारोहको आयोजना गरेका थिए ।

सोही दिन नेपाली कांग्रेसले पनि जलपान कार्यक्रम आयोजना गरेपछि उपराष्ट्रपतिको जलपान समारोह सोमबारका लागि सारिएको थियो ।

कमेन्ट गर्नुहोस्