मेयर रेणुको कडा निर्देशनः सरसफाईमा अटेर गरे कानून बनाएर कारबाही गरिने

चितवन कार्तिक १९ ।

भरतपुर महानगरपालिका मेयर रेणु दाहालले सुन्दर, शान्त, स्वच्छ र हराभरा महानगर बनाउन आवश्यक ऐननियम कानुन बनाएर नै अगाडि बढ्ने बताएकी छन् ।

हरेक हप्ता नयाँ ठाउँमा गई महानगरपालिकाले आफैं सरसफाईमा सरिक भई आमजनतालाई प्रेरित गर्दै आएको अभियानअन्तर्गत सोमबार महानगरपालिका परिसरदेखि शहीद चोकसम्म गरिएको सरसफाई कार्यक्रममा बोल्दै मेयर दाहालले आफुहरु महानगरलाई सरसफाई युक्त राख्न आग्रह, अपिल, पत्रचार गरेको बताउदै यति गर्दा पनि भएन् भने आफू कडा ढगंले कार्यपालिका बैठकबाटै निति र कानुन के बनाउन पर्छ त्यो बनाएरै कार्वाही गर्ने चेतावनी दिईन् ।

याे पनि पढ्नुस  व्यवसाय दर्ताबाट भरतपुर महानगरले उठायो पौने ५ करोड

“यदि यो आग्रह अनुरोधलाई फेरि पनि सुनेको नसुन्यै गरेर, कानमा तेल हालेर बस्ने परिपार्टी यहि स्थितिमा रहन्छ भने महानगर कडाईका साथ अगाडि बढ्छ, उनले भनिन् । समृद्धिका लागि आवश्यक ऐननियम कानुन बढाएर अगाडी बढ्छौँ ।”

महानगरलाई उत्कृष्ट र समृद्ध महानगर बनाउन आफ्नो टिम स्मार्ट सिटीको परिकल्पना गदै अगाडि बढिरहेको सन्दर्भमा स्मार्ट सिटिको परिकल्पना गरिदा स्मार्ट पिपुलसगैँ स्मार्टनेस हुन जरुरी रहेको उनले बताईन् । ‘हरेक होटल, हरेक पसलको अगाडी, रेष्टुरेन्टको अगाडी एकदम फोहोरहरु, आफ्नो घरभित्रको फोहोर सडकमा थुपारिएको छ । त्यसले हाम्रो शहरलाई स्वच्छ सफा, हराभरा, सुन्दर, शान्त बनाउने सपनालाई अप्ठारो बनाई राखेका छ, उनले भनिन्– म के अनुरोध गर्न चाहान्छु भने, यो अभियानमा नगरवासीको सक्रिय सहभागिता हुनु जरुरी छ ।”

याे पनि पढ्नुस  'पोल्ट्री किंग' गुणचन्द्रले मेयर रेणु दाहालकै सामुन्ने स्थानीयसँग मागे माफी !

‘महानगरपालिका मात्रै एक्लैले चाहेर मात्रै सरसफाई हुनु सक्दैन्, गाह्रो छ, कठिन छ, उनले भनिन्– यसमा सबैको सहभागिता भयो भने मात्रै सफलता मिल्छ । व्यवस्थित सुन्दर शान्त महानगर बनाउन सक्छौँ । सफाई युक्त महानगर बनाउन सक्छौँ ।’ सो अवसरमा महानगरका प्रवक्ता एवं वडा नं.१० का अध्यक्ष अरुण पीडित भण्डारीले सबै सेचत र सबै गम्भीर हुदै सरसफाईमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका थिए ।

याे पनि पढ्नुस  भरतपुरमा बन्ने नै भयो अत्याधुनिक सिटीहल, महानगर प्रमुख रेणु दाहालको पहलले पायो सार्थकता

महानगरपालिका गेटदेखि सुरु भएको सो कार्यक्रम लायन्सचोक, शहिदचोक लगायतका स्थानमा सरसफाई गरिएको थियो । सो अवसरमा पसलेहरुले नै जथाभावी फोहर गरेको र घरको ट्वाइलेट समेत सिधै ढलमा मिसाइएको पाइएको थियो ।

सरसफाई अभियानमा चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतसहित महानगरका पदाधिकारी एवं कर्मचारीहरु, लगायत विभिन्न कार्यालयका कर्मचारीहरु, सुरक्षाकर्मीहरु, टोल विकास समितिका पदाधिकारी एवं सदस्यहरु, सरसफाई अभियन्ताहरु, सामाजिक संघसंस्था तथा नागरिक समाजका अगुवा एवं सदस्यहरु, मिडियाकर्मी तथा स्थानीय व्यवसायी एवं सर्वसाधरण समेतको सहभागितामा रहेको थियो ।

कमेन्ट गर्नुहोस्