Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सिन्धुपाल्चोकमा आगलागी, एकको मृत्यु

सिन्धुपाल्चोक, कार्तिक १९ ।

सिन्धुपाल्चोकमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

गए राति १ बजे सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ मा जितबहादुर गोलेको घरमा आगो लाग्दा उनका १२ वर्षीया छोरा राजु गोलेको मृत्यु भएको जनाइएको छ।

राति घरमा कोही नभएको आगलागी हुँदा बेला छोराको मृत्यु भएको परिवारले जनाएको छ । आगो कसरी लाग्यो भन्ने नखुलेको र आगलागीबाट घर पूर्ण रुपमा जलेर नष्ट भएको पारिवारिक स्रोतले जनाएको छ । आगो राति स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको हो । आगलागीबाट दुई लाख पचास हजार बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: