Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

रोकिराखेको ट्रकमा बस ठोक्किन पुग्दा ११ जना गम्भीर घाइते

कावासोती, कार्तिक १९ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका ९ थुम्सिमा सोमबार बिहान ५ बजेको समयमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा ११ जना घाइते भएका छन् भने घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको छ ।

नारायणगढबाट भैरहवाका लागि छुटेको लु २ ख ३७९ नम्बरको रोकिराखेको ट्रकमा काठमाडौंबाट भैरहवाका लागि छुटेको लु १ ख ८११३ नम्बरको बस ठोक्किँदा बसमा सवार ११ जना घाइते भएका हुन् । घाइतेमध्ये नवलपरासी सुस्ता गाउँपालिका बस्ने ४० वर्षीय रामकिसन चमार र बर्दघाट नगरपालिका–३ बस्ने ३२ वर्षीय दिलीप चौधरीको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाले बताए ।

घाइते तीन जनाको नयाँ मेडिकल कलेज, ७ जनाको पुरानो मेडिकल कलेज र एक जनाको एलाईभ अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरी उपरीक्षक थापाले बताए । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: