Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बिहारमा प्रहरी विद्रोह, १७५ प्रहरी बर्खास्त, थुप्रै अधिकारीहरू गिरफ्तार हुनसक्ने

पटना, कार्तिक १९ ।

भारतको बिहार राज्यको राजधानी  पटनास्थित प्रहरी तालिम केन्द्रभित्र आइतबार भएको प्रदर्शनमा १७५ प्रहरी बर्खास्त गरिएका छन् । एक जना तालिमे महिला प्रहरीको मृत्यु भएपछि सुरु भएको उक्त हिंसा पछि बर्खास्तगीमा पर्नेमा ७७ महिला सहित १६७ तालिमे प्रहरी समेत रहेका छन् ।

यसका साथै विभागका २३ कर्मचारीहरू समेत निलम्बनमा परेको बताइएको छ । बिहार प्रहरीभित्र यो आजसम्मकै सबै भन्दा ठुलो कारवाही बताइएको छ ।

तालिमेबाहेक अन्य आठ प्रहरीलाई उक्त उपद्रव भड्काएकोमा दोषी पाइएको बताइएको छ । त्यस्तै २० जना अन्य प्रहरीलाई उक्त समय गयल रहेको र उक्त प्रदर्शनलाई रोक्न कोसिस नगरेको भन्दै निलम्बन गरिएको हो । तीन जना प्रहरी अधिकारीहरूलाई उक्त मृत महिला बिमारी भएको बेला उनलाई विदा नदिएकोमा निलम्बन गरिएको छ ।

गिरफ्तारी समेत हुनसक्ने  

बर्खास्त प्रहरीहरू विरुद्ध ज्यान मार्ने उद्योग, दङ्गा  गरेको र सार्वजनिक सम्पत्तिमा नोक्सान पुऱ्याएको जस्ता आरोप लगाएर उनीहरूलाई हिरासतमा समेत लिन सकिने जनाइएको छ । उता निलम्बित प्रहरीहरूले भने विभागको यस फैसला विरुद्ध अदालतको ढोका ढकढक्याउने बताएका छन् ।

९३ अधिकारीहरूको सरुवा

यस घटनाको अनुसन्धानको क्रममा त्यस तालिम केन्द्रमा लामो समयदेखि नियुक्त रहेका केही अधिकारीहरूको असन्तुष्टिलाई समेत कारण मानिएको छ । बिहार प्रहरीका महानिरीक्षकले यस्ता ९३ अहिकारीहरूलाई सरुवा गर्नसक्ने जनाइएको छ ।

उपचारका लागि विदा दिइएन 

पटनाको पुलिस लाइनस्थित तालिम केन्द्रमा श्हुक्रावर सविता नाम गरेकी तालिमे प्रहरीको मृत्यु भएको थियो । उनलाई डेंगूको संक्रमण भएको र अधिकारीहरूले उपचारका लागि विदा नदिएको भन्दै तालिममा रहेका प्रहरी जवानहरू प्रदर्शनमा उत्रिएका थिए । उक्त प्रदर्शनको क्रममा जवानहरूले एसपी र डिएसपीलाई समेत कुटेको बताइएको छ ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: