Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

दीपिकाका लागि रणवीरले किने ३२ लाखको मंगलसुत्र

एजेन्सी । बलिउडका चर्चित जोडी दीपिका पादुकोण र रणवीर सिंहको विवाह मिति नजिकदै छ । उनीहरु यही नोभेम्बर १४ र १५ मा वैवाहिक जीवनमा बाँधिदै छन् । विवाह गर्ने दिन नजिकिँदै गएपछि उनीहरुको घरमा त्यसको तयारी तिव्र छ ।

 

पाँच वर्षसम्म प्रेममा बाँधिएको यो जोडीले इटालीको लेक कोमोमा विवाह गर्नेछ। विवाहको लागि दुवै मिलेर गहना पनि खरद गरिसकेका छन् । अब चाँसो हुनसक्छ, रणविरले दीपिकालाई कति मूलयको गहना किनिदए होलान् ? हो चाँसो हुनु स्वभाविक हो । त्यस्ता चाँसो छ भने समाधान पनि हुनेछ । रणवीरले दीपिकालाई २० लाख भारतीय रुपैयाँको मंगलसुत्र किनिदिएका छन् ।

अनि दीपिकाले चाँही हुनेवाला श्रीमानलाई के किनिदिइन् त ? यो पश्नको जवाफ पनि आउँछ । उनले हुनेवाला पती रणवीरका लागि सुनको सिक्री किनि दिएकी छन् । यसको मूल्य भने सार्वजनिक भएको छैन । दीपिकाले आफ्नो लागि दुईवटा हार पनि किनेकी छिन् । त्यस्तै अन्य केही गहना गरेर उनीहरुले एक करोडको गहना किनेको भारतीय मिडियाहरुले जनाएका छन् ।

 

चाखलाग्दो कुरा के भने रणवीर र दीपिकाले जहाँ सपिङ गरेका थिए त्यो पसलको शटर उनीहरु पुग्नुभन्दा एक घण्टा अगाडि नै बन्द गरिएको थियो । बन्द सटरमा मजाले रोजी रोजी दीपिका र रणवीरले गहना किनेका हुन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: