चलचित्र ‘प्रेमलीला’ प्रदर्शनका लागि माघ २५ गते मिति तय गरियो

माघ २५ लाई आफ्नो प्रदर्शन मिति तय गरेको नेपाली चलचित्र ‘प्रेमलीला’ले आफ्नो प्रोमोशन सुरु गरेको छ ।

चलचित्र प्रोमोशनलाई व्यापकता दिने योजनाअनुसार फिल्म निर्माण यूनिटले ‘तक्लु ब्युटी कन्टेस्ट’को आयोजाना गर्ने भएको छ । ‘सुन्दरता आँखाको भ्रम हो । मानिसलाई उसको बाहिरी रुप हेरेर होइन, मन हेरेर सुन्दर या कुरूप छुट्याउन सकिन्छ । महिलाका लागि कपाल पक्कै प्यारो छ । कपाल हुँदा र नहुँदा उसको बाहिरी सुन्दरतामा धेरै असर पर्छ । हामीले पनि बाहिरी सुन्दरतालाई नै महत्व दिएका छौँ । मैले पनि म तक्लु बन्दाको फरकपन र मानिसले महिलाको सुन्दरता हेर्ने नजरको महसुस गरेकी छु’, फिल्ममा ‘तक्लु’ बनेकी अभिनेत्री निर्मात्री दीपशिखा खड्काले भनिन्, ‘त्यो अनुभव सबैसँग साट्नका लागि ‘तक्लु ब्युटी कन्टेस्ट’ आयोजना गर्न लागेको हौँ ।’

याे पनि पढ्नुस  चलचित्र ‘मेरो एउटा साथी २’ मा किन अनमोललाई ठाउँ छैन ?

प्रतियोगितामा महिलाहरु मात्र सहभागी हुन सक्नेछन् । सहभागिताका लागि फिल्मको अफिसियल फेसबुक पेज (प्रेमलीला…) लाइक गरी आफ्नो कन्ट्याक्ट डिटेल्स सहित ‘तक्लु मेकअप गरेको फोटो पठाउनुपर्ने छ । प्राप्त फोटोलाई संकलन गरेर उत्कृष्ट १० फोटो छानेर अन्तिम प्रतिस्पर्धा गराइने छ । अन्तिम १० लाई निर्णायक तहमा लगेर निर्णयकको निर्णय अनुसार प्रथम हुनेलाई रु ५०,००० दोश्रो हुनेलाई रु २५,००० र तेश्रो हुनेलाई १०,००० नगद पुरस्कार प्रदान गरिने छ ।

याे पनि पढ्नुस  चलचित्र 'द म्यान फ्रम काठमाडौं' मा जोसेसँग आनाको यस्तो छ रोमान्स !

दीपशिखा खड्काकै कथा रहेको फिल्ममा इण्डो नेपाल लभस्टोरी समेटिएको छ । फिल्ममा खड्कासंगै भारतीय मोडल अलि खान मुख्य भूमिकामा रहेका छन् । उनको यो डेब्यु नेपाली फिल्म हो । फिल्ममा निर्देशन जनक पाण्डेको रहेको छ भने छायांकन पवन गौतमले गरेका हुन् । फिल्ममा महेश खड्का, नवीन कार्की र रविराज शाहको संगीत, राजेश पायल राइ, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ । फिल्ममा दीपशिखा र अलीसँगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्विकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ।

कमेन्ट गर्नुहोस्