कम्युनिस्ट सरकार पाँच बर्ष नपुग्दै ढल्छः पूर्वमन्त्री बलायर

धनगढी, कार्तिक १९ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य बिरबहादुर बलायरले कम्युनिस्टको सरकार पाँच बर्ष नटिक्ने बताएका छन् । नेपाली कांग्रेस कैलाली क्षेत्र नं ५ ले दिपावली र छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वमन्त्री समेत रहेका बलायरले यस्तो बताएका हुन् ।

उनले दुई तिहाइको सरकारका गतिविधीका कारण जनताहरु सडकमा आएर सरकार ढल्ने बताए । उनले नेकपाका जनप्रतिनिधी भष्ट्राचारबाट मुक्त हुन नसकेको बताए । उनले भने, ‘नेकपाले चलाएका स्थानीय तहमा अहिले संस्थागत भष्ट्राचार भैरहेको छ ।’

नेता बलायरले निर्मला पन्तका हत्यारा नेकपाका कार्यकर्ता भएकाले नै कारवाही हुन नसकेको आरोप लगाए । उनले भने, ‘हत्यारा पत्ता लगाउन १२ बर्ष पनि लाग्न सक्छ भन्नुको आशय भनेकै यही हो ।’ सुदूरपश्चिम प्रदेश सरकार निर्मला पन्तको हत्यारा पत्ता लगाउने बिषयमा गम्भीर नभएकोसमेत नेता बलायरले आरोप लगाए ।

याे पनि पढ्नुस  लामालाई विनाशर्त रिहा नगरे आन्दोलन गर्ने कांग्रेसको चेतवानी

उनले भने, ‘एउटा छोरीको बलात्कारपछि हत्या हुन्छ सरकार अपराधी पक्राउ गर्नुको साटो संरक्षण गर्न जुटेको छ ।’ पूर्व भौतिक तथा पूर्वाधार मन्त्रीसमेत रहेका बलायरले देशमा कम्युनिष्टको सरकार आएपछि देश महंगीमा डुबेको आरोप लगाए ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य बिरबहादुर बलायरले कम्यूनिष्टहरुको सरकार पाँच बर्ष नटिक्ने बताएका छन् । नेपाली कांग्रेस कैलाली क्षेत्र नं ५ ले दिपावली र छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा पूर्व मन्त्री समेत रहेका बलायरले यस्तो ठोकुवा गरेका हुन । उनले दुई तिहाईको सरकारका गतिविधीका कारण जनताहरु सडकमा आएर सरकार ढल्ने बताए । कांग्रेस केन्द्रिय सदस्य बलायरले नेकपाका जनप्रतिनिधीहरु भष्टाचारबाट मुक्त हुन नसकेको बताए । उनले भने, नेकपाले चलाएका स्थानीयतहमा अहिले संस्थागत भष्टाचार भैरहेको छ ।

याे पनि पढ्नुस  बुढीगण्डकी गेजुवालाई दिने निर्णयप्रति कांग्रेसको आपत्ति

निर्मला पन्तका हत्यारा केपी ओलीको कार्यकर्ता भएकाले आरोप पनि कांग्रेस केन्द्रिय सदस्य बलायरले लगाए । उनले भने, हत्यारा पत्ता लगाउन १२ बर्ष पनि लाग्न सक्छ भन्नुको आसय भनेकै यही हो । सुदूरपश्चिम प्रदेश सरकार निर्मला पन्तको हत्यारा पत्ता लगाउने बिषयमा गम्भीर नभएको बताए । उनले भने, एउटा छोरीको बलात्कार पछि हत्या हुन्छ सरकार अपराधी पक्राउ गर्नुको साटो संरक्षण गर्न जुट्छ । कम्यूनिष्टहरुको सरकार आएपछि देश महंगीमा डुबेको नेता बलायरले बताए । यस पटक बस ब्यावसायीले होईन सरकारले दशैंको मुखमा भाडा बढायो ।

याे पनि पढ्नुस  सभापतिलाई धेरै अधिकार नदेऊ: डा कोइराला

शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाह ‘मनु’ ले अहिलेको अबस्थामा कांग्रेस एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । सरकार अधिनायकवादको बाटोमा अगाडि बढेको छ सभापती शाहले भने, ‘लोकतन्त्रको रक्षाका लागि खवरदारी आवश्यक छ ।’

नेपाली कांग्रेसका महासमिति सदस्य नारायण भट्टले नेपाली कांग्रेस विधी पद्धती र सिद्धान्तबाट चल्ने पार्टी भएको बताए । उनले भने, ‘बिदेशी दर्शनलाई अंगालेका पार्टी र नेपाली कांग्रेस बिचको भिन्नता यही हो ।’ कार्यक्रम नेपाली कांग्रेस कैलाली क्षेत्र नं ५ का सभापती हरिष खड्काको सभापतित्वमा भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य क्षेत्र नं ५ का क्षेत्रिय कार्यसमिति सदस्य अमृत बी.सीले राखेको थिए ।

कमेन्ट गर्नुहोस्