डोल्पा जिप दुर्घटनाः मृतक १० जनाको सनाखत

डोल्पा, कार्तिक १९ । जिल्लाको ठूलीभेरी नगरपालिका–९ बतासेमा भएको जिप दुर्घटना परी ज्यान गुमाएका १० जनाकै पहिचान खुलेको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–१ का ४५ वर्षीय हेमराज हमाल, त्रिपुरा सुन्दरी–५ का १८ वर्षीय लक्ष्मी रोकाय, त्रिपुरा सुन्दरी–१ का ६५ वर्षीय नरसिंह कठायत, त्रिपुरा सुन्दरी–२ का अस्मिता रोकाय रहेका छन् ।

याे पनि पढ्नुस  विभिन्न दुर्घटनामा ३ जनाको मृत्यु

 

यस्तै, त्रिपुरासुन्दरी–१ का २५ वर्षीय शेरबहादुर थापा, त्रिपुरासुन्दरी–३ का ४५ वर्षीय बोधराज धराला र भद्र रोकाय, त्रिपुरा सुन्दरी–२ का २४ वर्षिय कुमार रोकाय, त्रिपुरासुन्दरी–५ का याम रोकाय, त्रिपुरा सुन्दरी–३ का १७ वर्षीय मनिषा धरालाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रवक्ता प्रहरी निरीक्षक इन्द्रबहादुर साउदले जानकारी दिए ।

याे पनि पढ्नुस  ट्याङ्करको ठक्करबाट चितवनमा २ जनाको मृत्यु

 

उनका अनुसार दुर्घटनास्थलमा अमिना बुढाको प्रमाण पत्रहरु भेटिएको छ। जिल्ला अदालत डोल्पामा कार्यरत उनी हालसम्म सम्पर्कमा आएकी छैनन्। डिएसपी अवधेश बिष्टका अनुसार उनको खोजी कार्य तीव्र पारिएको छ।

 

डोल्पाको दुनैबाट सुपानी जाँदै गरेको भे१ज १६१० नम्बर जिप दुर्घटनामा परेको हो। दुर्घटनामा त्रिपुरासुन्दरी नगरपालिका–२ का वडाअध्यक्ष नन्दबहादुर थापा र जीपका चालक त्रिपुरासुन्दरी नगरपालिका–३ का दिनेश बोहरा घाइते छन्।

याे पनि पढ्नुस  कार र ट्रक ठोक्किँदा एकै परिवारका १० जनाको मृत्यु

 

ओरालो, कच्ची र साँघुरो सडकका कारण जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको छ। घाइते २ जनाको पनि अवस्था गम्भीर रहेको छ।

कमेन्ट गर्नुहोस्