Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपालको शिक्षाको विकासका लागि बेलायत साझेदारी गर्न तयारः राजदूत मोरिस

काठमाडौं, कार्तिक १९ । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसबीच भेट भएको छ । मन्त्री पोखरेललाई भेट्न मन्त्रालय आएका राजदूत मोरिसले बेलायत सरकार नेपालको शिक्षाको विकासको लागि नेपाल सरकारसँग साझेदारी गर्न तयार रहेको बताए ।


विशेष गरि छात्रा शिक्षा, विपन्न र लक्षित वर्गलाई सहयोग गर्ने राजदूत मोरिसले प्रतिबद्धता व्यक्त गरे । भेटमा राजदूत मोरिसले ए लेभलको समकक्षता सम्बन्धनको बिषयमा चाँसो व्यक्त गर्दै थप प्रष्ट पारिदिन मन्त्री पोखरेललाई आग्रह गरे ।

उनले सन २०१९ को जनवरी २१ देखी २३ सम्म लन्डनमा आयोजना हुने ग्लोबल एजुकेसन फोरममा सहभागी हुन मन्त्री पोखरेललाइ निम्तो पनि दिए । भेटमा मन्त्री पोखरेलले साझेदारी मार्फत शिक्षा क्षेत्रको थप विकास गर्न सदैव तयार रहेको बताए । उनले बिशेषगरि प्राविधिक तथा व्यवसायिक शिक्षा विस्तार गर्न र प्रविधिको क्षेत्रमा साझेदारी गर्न तयार रहेको जानकारी गराए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: