धनगढी उपमहानगरद्वारा तिहार तथा छठ मिलन कार्यक्रमको आयोजना

धनगढी,१९ कातिक । कैलालीको धनगढी उप-महानगरपालिकाको आयोजनामा पत्रकारसँंगको दिपावली तथा छठ मिलन कार्यक्रम सोेमबार सम्पन्न भएको छ । तिहारको पूर्व सन्ध्यामा उपमहानगरपालिकाले पत्रकारसँग शुभकामना आदानप्रदान गर्ने उद्देश्यले दिपावली तथा छठ मिलन कार्यक्रम आयोजना गरेको हो ।

 

कार्यक्रममा उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले पत्रकार नै समाजका पहरेदार भएको बताए । उनले उपमहानगरपालिकाले सञ्चालन गरिरहेका हरेक गतिविधीको निगरानी गरिदिन पत्रकारसँग आग्रह गरे । ‘धनगढी बजारमा मात्रै नभएर अन्य वडामा पनि हामीले थुप्रै काम गरेका छौं । भएका कामको बारेमा तपाइँहरु रचनात्मक सुझाव दिनुस् ।’ नगर प्रमुख वडले भने

याे पनि पढ्नुस  व्यापारी हमालद्वारा उम्मेदवारी घोषणा

 

कार्यक्रममा बोल्दै उपमहानगरपालिका उपप्रमुख सुशिला मिश्र भटट्ले संघियता नौलो ब्यबस्था भएकाले जनप्रतिनिधी र कर्मचारी सिक्दै अगाडि बढिरहेको बताइन् । उप प्रमुख भट्टले आफुहरु रचनात्मक काम गर्न लागि परेको बताइन् । उनले मिडियाको साथ सहयोगबाट मात्रै धनगढीलाई समृद्ध नगर बनाउन सकिनेसमेत बताइन् ।

याे पनि पढ्नुस  महिलालाई आत्मनिर्भर बनाउन ड्राईभिङ्ग तालिम

 

नेपाल पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष अर्जुन शाहले बिशिष्ट किसिमका योजना बनाएर अघि बढे मात्रै नगरको विकास सम्भव हुने बताए । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपसभापति उमिद बागचन्दले धनगढी उपमहानगरपालिका सूचनाको हकमैत्री बन्दै गएको बताए ।

 

नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष जगत साउँदले तिहारको मुखमा पत्रकार मिलन कार्यक्रम राखेर उपमहानगरपालिकाले राम्रो सुरुवात गरेको बताए । डब्लुडब्लुजे कैलालीकी अध्यक्ष उन्नती चौधरीले उपमहानगरपालिकाले आफ्ना गतिविधीमा महिला पत्रकारसँग सधै समन्वय गरेर गैरहेको बताइन् ।

कमेन्ट गर्नुहोस्