Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

हावामा दुईवटा जहाज ठोक्किदा पाइलटको मृत्यु

ओटावा । क्यानाडाको राजधानी ओटावा नजिक हवामा दुई विमान ठोक्किँदा पाइलटको मृत्यु भएको छ ।

सेस्ना एयरक्राफ्टका पाइलटले एक्लै जहाज उडाइरहेका थिए । अर्को टर्बोप्रुफ पिए–४२ जहाज भने ओटावा अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गर्न सफल भएको थियो ।

क्यानाडा ब्रोडकाष्टिङ सर्भिसका अनुसार, सेस्ना जहाजले अर्को जहाजलाई तलबाट ठोकेको थियो । जसबाट माथि रहेको पिए जहाजको ल्याण्डिङ गियरमा क्षति पुगेको थियो । तर विमानमा रहेका पाइलट र यात्रुलाई भने कुनै क्षति पुगेन ।

जहाज एक अर्कासँग ठोक्किँदा एउटा विमान ध्वस्त भएको थियो । प्रहरीका अनुसार ओटावाबाट ३० किलोमिटर पश्चिममा विमान क्र्यास भएको थियो ।

विमान के कति कारणले ठोक्किएका थिए भन्ने कुरा खुलेको छैन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: