चाडपर्वको समयमा सुपथ मूल्य पसल स‌ंचालनमा

डोटी, कार्तिक २० ।

तिहारको अवसरमा गाउँपालिकावासीलाई सस्तो मूल्यमा चिनी र नुन उपलब्ध गराउने उद्देश्यका साथ केआई सिंह गाउँपालिकाले सुपथ मूल्य पसल सञ्चालन ल्याएको छ ।

गाउँपालिकाका ५ स्थानमा सञ्चालन भएका सुपथ मुख्य पसलहरूबाट प्रति परिवार ५ किलो चिनी र ३ किलो नुन सुपथ मुख्यमा उपलब्ध गराइने भएको छ । चिनी प्रतिकिलो ६० रुपैयाँ र नुन प्रतिकिलो ८ रुपैयाँमा गाउँपालिकावासीलाई उपलब्ध गराउने गरी पसलहरू संचालन गरेको गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले जानकारी दिएका छन् ।

याे पनि पढ्नुस  दीपायल तनावग्रस्त, प्रहरीद्वारा १३ सेल अश्रुग्यास प्रहार

‘चाडपर्वको समयमा सर्वसाधारणले सस्तो मुल्यमा उपभोग्य वस्तु पाउन भन्नका लागि हामीले सुपथ मुख्य पसल सञ्चालन गरेका हौँ’ सोमवार वडा नं. ४ वायलमा मा स्थापना भएको सुपथ मुख्य पसलको उद्घाटन गर्दै शाहीले भने ‘यी पसलहरू कात्तिक २७ गतेसम्म सञ्चालन हुनेछन् ।’

पसलहरू सञ्चालन गर्नका लागि स्थानीय सहकारी संस्थाहरूलाई जिम्मा दिएको शाही बताउँछन् । वडा नं. १ र २ का लागि तिखात्तर, वडा नं. ३ का लागि वासुदेवी, वडा नं. ४ का लागि वायल, वडा नं. ५ का लागि राना गाउँ र वडा नं. ६ र ७ का लागि भूमिराजमाण्डौंमा पसल स्थापना गरिएको शाहीले जानकारी दिए ।

याे पनि पढ्नुस  हावा भर्ने ग्यास लिक हुँदा दुई बालक घाइते

शाहीका अनुसार तिखात्तरमा सन्तोषी बचत तथा ऋण सहकारी संस्था, वासुदेवीमा गोदावरी बचत तथा ऋण सहकारी संस्था, दुर्गामाण्डौं महिला ऋण तथा बचत सहकारी संस्था, रानागाउँमा ईनोभेटिभ बचत तथा सहकारी संस्था र भूमिराजमाण्डौंमा नव बिहानी बचत तथा ऋण सहकारी संस्थाले पसल सञ्चालनको जिम्मेवारी पाएका छन् ।

याे पनि पढ्नुस  निःशुल्क आँखा शिविरमा १०२ को शल्यक्रिया

गाउँपालिकाले सुपथ मुख्य पसलका लागि सात लाख रुपैयाँ विनियोजन गरेको शाहीले जानकारी दिए । गाउँपालिकाभित्र रहेका करिब चार हजार तीन सय परिवारलाई लक्षित गरी पसलहरू सञ्चालनमा ल्याइएका छन् ।

दुई सय १५ टन चिनी र एक सय २९ टन नुन खरिद गरी सहकारी संस्थाहरूलाई उपलब्ध गराएको छ । ती सहकारी संस्थाले सुपथ मुख्य पसलबाट सामग्री बिक्री गरिदिए वाफत प्रति किलो पाँच रुपैयाँ अनुदान पाउने गाउँपालिकाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्