मुख्यमन्त्रीलार्इ हात्ती पीडितकाे ज्ञापनपत्र

धनगढी, कार्तिक २० । कञ्चनपुरको सिमान्त दक्षिणी सीमामा स्थित भारतीय दुधुवा निकुञ्जका वन्यजन्तुबाट पीडित किसानहरुको संघर्ष समितिले सोमबार मुख्यमन्त्रीलाई ज्ञापन बुझाएको छ।

दुधवा निकुञ्ज वन्यजन्तु पिडित संघर्ष समिति जिल्ला कार्य समिति कञ्चनपुरले सोमबार स्थानियले मागहरु राख्दै सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्रि त्रिलोचान भट्टलाई ज्ञापनपत्र बुझाएका छन। उनिहरुले भारतीय दुधुवा राष्ट्रिय निकुञ्ज तथा सिमाका प्रभावहरु र समाधानका बिषयमा ज्ञापनपत्र बुझाएका हुन।

भारतीय दुधुवा निकुञ्जसँग जोडिएको पुर्नवास नगरपालिकामा वर्षेनी स्थानीय वासिन्दा जङगली जनावर हात्तीबाट पीडित हुँदै आएका छन । अहिलेसम्म उक्त क्षेत्रका स्थानीयको ठुलो परिणाममा अन्नबाली वन्यजन्तु बाट क्षति हुँदै आएको छ भने ३ जनाले ज्यान गुमाइसकेका छन्।

याे पनि पढ्नुस  हात्तीले लियो एकको ज्यान

सघर्ष समितिले भारतीय दुधुवा नेशनल पार्कबाट आउने गरेका हात्तीहरूले किसानले लगाएको बाली नष्ट गर्नुका साथै घरसमेत भत्काउने गरेकोले यस विषयमा प्रदेश सरकारले कुनै व्यवस्था नगरेको आरोप समेत लगाएका छन। दुधुवा निकुञ्ज वन्यजन्तु पिडित संघर्ष समिति जिल्ला कार्य समिति कञ्चनपुरका अध्यक्ष केशव प्रसाद तिमिल्सेनाले उक्त ज्ञापनपत्र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रि त्रिलोचन भट्टलाई बुझाएका हुन।

याे पनि पढ्नुस  भारतबाट आउने हात्ती आतङ्कको चपेटामा स्थानीय

भारतिय सिमानाका सगै जोडिएकाले स्थानीयले विभिन्न किसिमका समस्या भोक्दै आएका छन। सीमा नाकामा भारतीय एसएसबी को ज्यादती लुटपाट सीमा नाकामा कतिपय नेपाली कुटाई खाने महिलाहरू असुरक्षित हुने जस्ता समस्या हुनेभएकोले प्रदेश सरकाले यस तर्फ ध्यान दिनुपर्ने सघर्ष समितिकी कोषध्यक्ष भुलिया रानाले बताइन।

याे पनि पढ्नुस  हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

भारतिय निकुञ्ज तथा अन्य क्षेत्रका जंगली जनावरबाट हुने नोक्सानी, सीमामा भारतीय सडक निर्माण र यसबाट पर्ने डुबान तथा कटान हुने गरेको छ। जमिनको बैङ्क ग्यारेन्टी तथा धितोमा ऋणको ब्यबस्था गरिनु पर्ने , सिमामा हुने भारतीय प्रहरीको क्रियाकलापहरूमा बासिन्दाहरुले समस्या भोग्नु परेको गुनासो गरेका छन।

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री भट्टले यी समस्याको केन्द्रसँग पहल गरेर समाधान गर्ने आश्वासन दिएका छन्।

हाम्राकुराबाट

कमेन्ट गर्नुहोस्