Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कोठा सफा गर्न भनेको भन्दै हजुरआमाको हत्या

वाशिंगटन, कार्तिक १९ । अमेरिकाको एरिजोनामा एउटा ११ वर्षीय बालकले आफ्नी हजुर आमाको गोली हानेर हत्या गरिदिएका छन् । ती बालकले हजुर आमाको हत्यापछि आफू पनि आत्महत्या गरेको९ बताइएको छ । समाचारहरूमा जनाइए अनुसार हजुरआमाले कोठा सफा गर्न भनेको झोंकमा ती बालकले उक्त कदम चालेका थिए ।

म्यारिकोपा काउन्टी प्रहरी कार्यालयका प्रवक्ता सार्जेंट जोक्यून एनरिक्यूजका अनुसार उत्तर-पश्चिम फिनिक्सको लिचफिल्ड पार्क क्षेत्रमा बस्ने ती बालक आफ्नी हजुरबुवा-हजुरआमासँगै बस्दथे ।

उनका हजुरबुवाका अनुसार बालकलाई उनकी हजुरआमाले आफ्नो कोठा सफा गर्न भनेपछि आक्रोशित भएका ती बालकले गोली चलाएका थिए ।

हजुरबुवाका अनुसार उनी आफ्नी पत्नी यवोने वुडअर्डसँगै टिभी हेर्दै थिए, ती बालकले पछाडिबाट आएर गोली चलाएका थिए । हजुरबुवाले पहिले बच्चालाई समात्ने प्रयास गरेको र त्यसपछि उनी आफ्नी पत्नीलाई सम्हाल्न फर्किनु परेको बताए ।

यसैबीच ती बालकले आफूलाई समेत गोली हानेको बताइएको छ । उक्त बन्दूक हजुरबुवाको रहेको प्रहरीले बताएको छ ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: