Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

उपसभापतिमा गच्छदार मनोनित, महासमिति बैठक फेरि सर्‍यो

काठमाडौं, कार्तिक २० । नेपाली कांग्रेसको महासमिति बैठकको मिति फेरि सरेको छ । मंसिर ५ गतेदेखि काठमाडौंमा हुने भनिएको महासमिति बैठक अब मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म काठमाडौंमा नै हुने छ ।

मंगलबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले विधान संशोधन मस्यौदा समितिको प्रतिवेदनको अध्ययन र छलफल गर्न नभ्याइएकाले महासमितिको बैठकको मिति सार्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । महासमिति बैठकमा पेस हुने राजनीतिक तथा आर्थिक प्रतिवेदनलाई पनि अन्तिम रुप दिन बाँकी छ ।

यस्तै मंगलबारको बैठकले विजयकुमार गच्छदारलाई पार्टी उपसभापति मनोनित गरेको छ । सभापति शेरबहादुर देउवाले गच्छदारलाई उपसभापति मनोनित गरेका हुन् । यस्तै बैठकले भातृ संगठन व्यवस्थित गर्नका लागि विमलेन्द्र निधिको संयोजकत्वमा समिति पनि गठन गरेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: