नेपाल बाह्य संस्कृतिको सिकार बन्दैः सभामुख महरा

घोराही, कार्तिक २० । सभामुख कृष्णबहादुर महराले नेपाल बाह्य संस्कृतिको सिकार बन्दै गइरहेको बताएका छन् । दलित कला, संस्कृति प्रवद्र्धन तथा सामुदायिक विकास केन्द्रले दाङमा आयोजना गरेको सोरठी देउसी भैलो कार्यक्रमको उद्घाटन गर्दै उनले भने, ‘विदेशी संस्कृतिका कारण नेपाली संस्कृति समस्यामा परेको छ ।’

याे पनि पढ्नुस  खुकुरी प्रहारबाट एक व्यक्तिको मृत्यु

सभामुख महराले देशको कला, संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा राज्यले एकीकृत योजना निर्माण गर्नुपर्नेमा जोड दिदैं आफ्नो संस्कृति प्रवद्र्धनका लागि युवा वर्ग सचेत भएर लाग्नुपर्ने बताए ।

‘नेपाल बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक देश हो, यसको संरक्षणमा राज्यको प्राथमिकता हुनुपर्छ’ उनले भने, ‘नेपालको मौलिक संस्कृतिको संरक्षण गर्न युवाको भूमिका महत्वपूर्ण हुनुपर्छ ।’ -रासस

कमेन्ट गर्नुहोस्