बझाङमा चरेशसहित ७१ वर्षीय वृद्ध पक्राउ !

बझाङ, कार्तिक २० । एक किलो चरेशसहित बझाङमा ७१ वर्षीय बृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा छविसपाथीभेरा गाँउपालिका–३ बस्ने ७१ वर्षीय धनराज बोहरा रहेका छन् ।

 

आइतबार बेलुका बझाङबाट धनगढीतर्फ जाँदै गरेको बसमा स्याँडी प्रहरी चौकीमा चेक जाँच गर्दा उनको झोलाबाट एक किलो चरेश बरामद भएको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  विप्लव निकट रेड युथफोर्स अध्यक्ष पक्राउ

 

सुराकीका आधारमा प्रहरीले पछ्याउँदै गएको र स्याँडी प्रहरी चौकीमा प्रहरीले बोहराको झोला चेकजाँच गर्दा एक किलो चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक नैनसिंह साउँदले बताए । बोहरालाई हिरासतमा राखेर थप अनुसन्धान सुरु गरेको साउँदले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्