अपराध अनुसन्धानमा कुकुरको भूमिका महत्वपूर्णः आईजिपी खनाल

काठमाडौं, कार्तिक २० । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा अपराध अनुसन्धान र नियन्त्रणमा कुकुरको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।नेपाल प्रहरीमा कुकुर सेवाको शुरुआत भएको स्वर्णजयन्तीका अवसरमा प्रहरी कुकुर तालीम स्कूल महाराजगञ्जमा मंगलबार अपराह्न आयोजित कार्यक्रममा उनले कुकुर स्कूललाई समयसापेक्ष स्तरोन्नति गर्दै लगिने जानकारी दिए ।

याे पनि पढ्नुस  आइजिपी खनाल भन्छन्, ‘अब वैदेशिक रोजगारीमा सेटिङका दिन सकिए’

उनले कुकुरले पुर्याउने सेवामा पूर्णता प्राप्त गर्न प्रहरीको दक्षतासमेत आवश्यक रहेको बताउँदै कुकुर स्कूलका प्रहरी डग ह्याण्डलिङमा विशेष दक्ष हुनुपर्ने उल्लेख गरे । कुकुर स्कूलले पुर्याउने सेवालाई अझ बढी चुस्त र व्यावसायिक बनाउन सङ्गठन लाग्ने उनको भनार्इ थियो ।

कुकुर तालीम स्कूलका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक डा. देउती गुरुङले अपराध अनुसन्धानमा कुकुरले गरेको योगदानबारे प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । सोही अवसरमा महानिरीक्षक खनालले स्कूलको प्राङ्गणमा निर्मित कुकुरको स्मारक उद्घाटन गर्नाका साथै उत्कृष्ट डग ह्याण्डल प्रहरी जवान दीपेश रानाभाटलाई मेडल तथा प्रमाणपत्रसहित पुरस्कार प्रदान गरेका थिए । -रासस

कमेन्ट गर्नुहोस्