Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

क्यान्सर पीडित उपाध्ययालाई नेपाली एकता समाज कतारको आर्थिक सहयोग

कतार,कार्तिक २०।बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थाप मुलावारीकी लक्ष्मी देवि उपाध्यायको उपचारको लागि कतार नेपाली एकता समाजको पहलमा ४० हजार आर्थिक सहयोग गरिएको छ ।

मुत्रथैलिको क्यान्सरबाट पीडित उपाध्यायको बिपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार भईरहेको र उनको उपचारमा केहि सहयोग होस भन्ने हेतुले सोमबार आर्थिक रकम हस्तान्तरण गरिएको कतार नेपाली एकता समाजका केन्द्रीय सदस्य हरि प्रसाद शर्माले बताए। शर्माले समाजको स्थापना कालदेखि नै दिनदुखि र मजदुरको हकहितका लागि कुनै कसुर नराखेको बताउदै बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

कतार नेपाली एकता समाज दोहा एरिया उपाध्याक्ष केयर सिंह थापाको पहलमा संकलन गरिएको उक्त रकम समाजका केन्द्रीय सदस्य हरि प्रसाद शर्मा र केन्द्रिय सल्लाहकार तथा हाँक साप्ताहिकका प्रवास सम्पादक उद्धव मगरको उपस्थितीमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा चितवन जिल्ला अध्यक्ष डम्बर पुरीले हस्तान्तरण गरेका हुन।

रकम हस्तान्तरण गर्दै अध्यक्ष पुरीले आर्थिक अवस्था कमजोर भएकै कारणले उपचारबाट बञ्चीत हुने अवस्था कसैको आउँन नहुने भन्दैं सहयोग जुटाउँने कतार नेपाली एकता समाजलाई धन्वाद ज्ञापन गरे। क्यान्सर पीडित उपाध्यायका श्रीमान देवेन्द्र उपाध्यायले आर्थिक सहयोग गर्ने कतार नेपाली एकता समाजलाई धन्यवाद दिदै क्यान्सरको उपचार महँगो रहेको भन्दै सबैलाई आर्थिक सहयोगका लागि अपिल गरे ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: