Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चीनले बनायो नयाँ जासुसी सफ्टवेयर, अनुहार नदेखेपनि मानिसको पहिचान गर्न सक्ने

चीनले बनायो नयाँ जासुसी सफ्टवेयर, भीडमा अनुहार नदेखेपनि मानिसको पहिचान गर्न सक्ने

बेइजिङ, चीनमा आम मानिसको निगरानी गर्न नयाँ प्रविधिको विकास गरिएको छ । आर्टिफिसियल इन्टलिजेन्स (एआई)को सहायताबाट नयाँ जासुसी सफ्टवेयर निर्माण गरिएको हो ।

यो नयाँ सफट्वेयरले मानिसको अनुहार नदेखेपनि उसको शरीरको आकार तथा हिडडुल गर्ने तरिकाबाट नै व्यक्तिलाई चिन्न सक्नेछ । यसलाई ‘गेट रिकग्निशन’ नाम दिइएकोछ । यो सफ्टवेयले कुनै व्यक्तिलाई भीडको बीचबाट पनि चिन्न सक्छ ।

हालका लागि यो नयाँ प्रविधिलाई बेइजिङ र सांघाईको प्रहरीले प्रयोग गर्न शुरु गरेको छ । तर यसबाट आम मानिसको व्यक्तिगत जीवन पनि रेकर्ड हुने आशंका समेत व्यक्त भएको पाइन्छ । सफ्टवेयर निर्माता कम्पनी वेट्रिक्सका कार्यकारी अधिकृत हुआङ योझेनका अनुसार, यसबाट ५० मीटर को दूरीमा उभिएको व्यक्तिलाई सजिलैसँग चिन्न सकिन्छ । यो सफ्टवेयरले प्रहरी अनुसन्धानमा विशेष सहयोग पुर्याउन सक्ने कम्पनीको दावी छ ।

यो सफ्टवेयरमा पहिचानको डाटाबेस बनाउन कसैको सहयोगको आवश्यकता पर्दैन । यो यति कुशल छ कि कुनै व्यक्तिले आफ्नो हिँडाई परिवर्तन गरेपनि यसले उसको चाल बुझेर पहिचान गर्न सक्छ ।

यो प्रविधिमा भिडियोबाट मानिसको फोटो निकालिन्छ । यसको बदलिँदो आकारको विश्लेषण गरेपछि सफ्टवेयरले व्यक्ति हिँडडुल गर्ने एउटा मोडल तयार गर्दछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: