अमेरिकामा भएको मध्यावधि निर्वाचनमा नेपाली निर्वाचित

वासिङ्टन डिसी, कार्तिक २१ । अमेरिकामा मंगलबार भएको मध्यावधि निर्वाचनमा नेपाली मूलका ह्यारी भण्डारी निर्वाचित भएका छन् । भण्डारी गत जुनमा सम्पन्न भएको आन्तरिक पार्टी निर्वाचनमा पाँच हजार ९४१ मत ल्याएर प्राइमेरीमा विजयी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । तीन जना उम्मेद्वारको प्रतिस्पर्धा रहेको हाउस अफ डेलिगेट्समा निर्वाचित हुने व्यवस्था छ।

याे पनि पढ्नुस  अमेरिकी राष्ट्रपतिका लागि उम्मेदवार बन्ने ब्लुमबर्गको औपचारिक घोषणा

 

निर्वाचनमा ३३ सिनेटको पदमा ४३५ काग्रेस, ३६ गभर्नर, स्टेट सिनेट तथा स्टेट डेलिगेटस र विभिन्न तहका न्यायाधीशसमेतको निर्वाचन भएको थियो । उक्त निर्वाचनले सिनेट र काग्रेसमा कुन पार्टीको वर्चस्व रहन्छ भन्ने कुराको निक्र्यौल गर्नेछ।

 

निर्वाचनमा मेरिल्याण्डको डिस्ट्रिक ८ बाट नेपाली मूलका भण्डारी हाउस अफ डेलिगेट्समा डेमोक्र्याट पार्टीका तर्फबाट निर्वाचित भएका हुन् । उनलाई देश तथा बिदेशमा रहेका नेपालीले बधाई दिएका छन्। भण्डारीको नेपाल घर पर्वत हो ।

कमेन्ट गर्नुहोस्