Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

वामपन्थी नेता मास्केको निधन

चितवन, कार्तिक २१ । पुराना वामपन्थी नेता सूर्यबहादुर मास्केको निधन भएको छ । मंगलबार राति १२ः२९ बजे चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा उनको निधन भएको हो ।

८३ वर्षे मास्के लामो समयदेखि सुगर, प्रेसर, प्रोस्टेटलगायत रोगबाट पीडित थिए । मास्के नारायणगढस्थित चितवनकै ठूलो पुस्तक पसल मास्के पुस्तक भण्डारका सञ्चालक हुन् । उनी चितवनकै पहिलो पुस्तक पसल दिलमाया पुस्तक भण्डारका संस्थापक पनि हुन् ।

वि। सं। १९९२ सालमा भोजपुर जिल्लामा जन्मिएका मास्केले चितवनमा विभिन्न विद्यालय स्थापनामा योगदान गरेका छन् । बाबु दिलबहादुर त्यतिबेला भोजपुरमा डिठ्ठा थिए । सोही क्रममा सात दाजुभाइमध्ये काइला सन्तानको रुपमा उनको जन्म भएको हो ।

उनका दुई छोरा र एक छोरी छन् । कान्छो छोरा मनोज अमेरिकाबाट शुक्रबार फर्कने र दाहसंस्कार शनिबार मात्रै गरिने जानकारी जेठो छोरा सरोजले जानकारी दिए । स्वर्गीय मास्केका श्रीमती इन्दिरा कायस्थ, दुई छोरा र एक छोरी छन् ।

नेपाली कम्युनिस्ट आन्दोलनमा उनको ठूलो योगदान छ । गोरखामा कम्युनिस्ट आन्दोलनको बीउ रोप्ने श्रेय उनलाई नै जान्छ । जागिरे जीवनकालमा शिक्षा सुपरभाइजर बनेका मास्केको चितवनमा अधिकांश प्राथमिक विद्यालय खोल्नमा ठूलो भूमिका छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: