Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रचण्डको दाबी– देखिने गरी काम हुँदै छन्, सरकारले गेयर बदल्दै छ [भिडियोसहित]

काठमाडौं, कार्तिक २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले सरकारले देखिने गरी काम गर्न लागेको बताएका छन् । प्रेस चौतारी र प्रेस सेन्टर गण्डकी प्रदेशले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा प्रचण्डले यस्तो बताएका हुन् ।

 

उनले भने, ‘बर्खा भर्खरै गएको छ । मैले त भनेको छु, अब गेयर बदल्ने समय आएको छ । मलाई लाग्छ सरकारले गेयर बदल्दै छ । अब जनताले देख्ने गरी कामहरु हुन्छन् ।’ पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले संविधानको सफल कार्यान्वयन र समृद्धिका लागि मुलुकका तीनवटै सरकार प्रतिबद्ध भएर अगाडि बढ्नुपर्ने बताए ।

 

संघीयतलाई सफल र प्रभावकारी बनाउन सबैको सहयोग, सहकार्य अपरिहार्य भएको उल्लेख गर्दै उनले जनताले अनुभूति गर्ने गरी काम गर्न सरकारलाई सुझाव दिए ।

 

संविधानले व्यवस्था गरेअनुरुप असोज ३ गतेभित्र सबै प्रकारका ऐन बनाउनाका साथै छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध सुदृढ बनाउन वर्तमान सरकार सफल भएको उनले बताए । अन्तर्राष्ट्रिय जगत्मा राजनीतिक परिवर्तन भएसँगै पुराना कर्मचारीको नेतृत्व तहलाई पूरै हटाइन्छ र नयाँ प्रणालीलाई आत्मसात् गर्ने कर्मचारी ल्याउने गरेको बताउँदै प्रचण्डले भने, ‘नयाँ संरचनाअनुरुप सरकारलाई सहयोग गरी संघीय गणतन्त्रलाई बलियो बनाउनु पर्दछ ।’

कमेन्ट गर्नुहोस्

%d bloggers like this: