Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आज देशै झिलिमिली, कुलमान आफै भार प्रेषण केन्द्रमा बसेर काम गर्ने

काठमाडौं, कार्तिक २१ । नेपाल विद्युत प्राधिकणका कार्यकारी प्रमुख कुलमान घिसिङको अहिले पनि चर्चा शिखरमा छ । उनी चर्चामा रहिरहनुको मुख्य कारण पटकपटक भनि राख्नु पर्दैन । घिसिङको उज्यालो अभियानले हजारौं नेपालीले अन्धकारबाट उज्यालो पाएका छन् ।

 

यो उज्यालो बिजुली हो । नेपालीलाई खुसी थप्ने यो कामको सबैले प्रशंसा गरेका छन् । कुलमान यही उज्यालो अभियानका नायक हुन् । उनै नायक दसैं, तिहारमा झन् चम्किन्छन् । जब-जब उज्यालोको आवश्यकता पर्छ अनि मान्छले सम्झीन्छन् कुलमानलाई । अघिपछि पनि सम्झन् छन्  ।मानिसहरुले कुलमानलाई तर यो बेला झन् बढी सम्झन्छन् ।

 

यसैबीच, कुमलमान आज (बुधबार) बेलुकी आफैं भार प्रेषण केन्द्रमा बसेर देशैभरिको विद्युत माग र आपूर्तिको निरीक्षण गर्ने भएका छन् । तिहारमा जसरी पनि लोडसेडिङ हुन नदिन उनी आफैं खटिएका छन् ।

 

घिसिङले काठमाडौंको स्युचाटारमा रहेको भार प्रेषण केन्द्रमा बसेर देशैभरिका ठूला जलविद्युत केन्द्रबाट उत्पादन भएको बिजुली, भारतबाट आयात भएको बिजुली, तथा मागको बारेमा जानकारी लिने छन् । कतै केही गडबढी भएर लोडसेडिङ भएमा समस्या समाधान गर्न घिसिङले तत्कालै निर्देशन दिने प्राधिकरणले जनाएको छ ।

 

आज देशैभरि उज्यालो राख्न कुनै कसर बाँकी नराख्ने प्राधिकरणले जनाएको छ । त्यसको लागि ठूला जलविद्युत केन्द्र, सवस्टेसन र वितरण केन्द्रमा कर्मचारी र प्राविधिक सामग्री तयार अवस्थामा राखिएको छ ।

 

वर्षभरिकै सबैभन्दा धेरै विद्युत माग हुने दिन आज हो । आज १२ सय मेगावाटसम्म विद्युतको माग हुन सक्ने प्राधिकरणको अनुमान छ । तर १३ सय ५० मेगावाटसम्म माग भएमा पनि धान्न सक्ने प्राधिकरणले जनाएको छ । आजकै मागलाई आधार मानेर प्राधिकरणले वर्षभरिको माग र आपूर्तिको लागि योजना बनाउने छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: