Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अब सबै विद्यार्थीलाई कम्प्युटर शिक्षाः मन्त्री बाँस्कोटा

काभ्रे, कार्तिक २१ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मुलुकका सबै विद्यार्थीलाई कम्प्युटर शिक्षा दिइने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पनौती नगरपालिका–११ वडा कमिटीद्वारा बुधबार बल्थलीमा आयोजित शुभकामना, भेटघाट एवं देउसीभैलो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले यस वर्ष एक हजार सामुदायिक माध्यमिक विद्यालयलाई कम्प्युटर ल्यावको व्यवस्था गरिने बताए ।

उनले सरकार समृद्ध नेपाल सुखी नेपाली बनाउन पाँच वर्षे खाका तयार गरी अघि बढिसकेको बताए । मन्त्री बाँस्कोटाले सरकारले अर्को वर्ष सामाजिक सुरक्षाअन्तर्गत वृद्धभत्ता बढाउने तयारी गरेको बताए । ‘तपाईंहरु ढुक्क हुनुस् अर्को वर्ष वृद्धभत्ता बढाउँछौं ।’ राज्यको ढुकुटीमा १५० अर्ब हुनुपर्नेमा अघिल्लो सरकारले रित्तो पारेकाले यस वर्ष वृद्धभत्ता बढाउन नसकिएको उनले दुःखेसो पोखे ।

मन्त्री बाँस्कोटाले यस वर्ष वृद्धभत्ता बढाउन नसकिए पनि ७० वर्ष उमेर नाघेका वृद्धवृद्धालाई रु एक लाखसम्म स्वास्थ्य उपचार खर्च उपलब्ध गराउने सरकारको निर्णय सकारात्मक भएकाले यसलाई सहजरुपमा लिइदिन अनुरोध गरे । -रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: