Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

संयुक्त राष्ट्रले जारी गऱ्यो ‘दीपावली’ विषयक हुलाक टिकट श्रृंखला, नेपालको भने नामै छैन !

न्युयोर्क, कार्तिक २१ । संयुक्त राष्ट्र हुलाक विभागले नेपाल र भारतमा मनाइने प्रकाशको पर्व तिहारको उपलक्षमा ‘दियो’ भएको टिकट जारी गरेकोमा भारतले संयुक्त राष्ट्रप्रति आभार व्यक्त गरेको छ ।

उक्त कार्यप्रति नेपाल, श्रीलंका, सिंगापुर, मोरिसस, क्यानाडा, फ्रांस, ब्रिटेन आदि २३ देशहरूले समेत समर्थन जनाएको भारतीय संचार माध्यमहरूले लेखेका छन् ।

संयुक्त राष्ट्र पोस्टल एजेन्सीको वेबसाइटमा राखिएको उक्त हुलाक टिकट शृंखलाको परिचयात्मक विवरण राखिएको छ । त्यसमा नेपालको भने नामै छैन । जबकि हामीकहाँ यसलाई धेरै समुदायहरूले आफ्नै मौलिक किसिमले मनाउँछन् ।

उक्त हुलाक टिकट शृंखलाको परिचयमा दीपावली पर्वलाई सम्झन योग्य बनाउन उक्त शृंखला जारी गरिएको बताइएको छ ।

त्यसमा अगाडि भनिएको छ, ‘दीपावलीका नामले पनि चिनिने दिवाली प्रकाशको हर्षोल्लासपूर्ण र प्रख्यात पर्व हो । यो भारतमा र विश्वका कतिपय ठाउँहरूमा विभिन्न आस्थाका मानिसहरूले मनाउने गर्दछन् ।’

एजेंसीको वेबसाइटमाँ भनिएको छ, ‘पाँच दिन चल्ने उत्सवमा जलाइने ‘दिया’ भनिने माटाका बत्तीहरूले खराबमाथि राम्रोको जीतलाई दर्शाउँछ । यसकासाथै कतिपय समुदायहरूमा यसलाई नयाँ वर्षको रुपमा समेत मनाउने गरिन्छ ।’

जबकि यस अवधिमा नयाँ वर्ष मनाउने भनेको नेपालको नेवार समुदायले हो ।  तर उक्त परिचयात्मक विवरणमा नेपालको नामै उल्लेख नहुनु भने आश्चर्य चकित पार्ने खालको छ ।

उक्त टिकट शृंखलामा १.१५ अमेरिकी डलर मूल्यका दस वटा टिकट रहेका छन् । यी दश वटै टिकटहरूमा अलग अलग प्रकारका दियाहरू प्रदर्शित गरिएका छन् ।।

त्यस्तै उक्त शृंखलाका दशवटै टिकटहरू भएको पानाको पृष्ठभूमिमा प्रकाशमा चम्किराखेको संयुक्त राष्ट्र भवन देखाइएको छ जसमा ‘ह्याप्पी दिवाली’लेखिएको छ ।

उक्त टिकटहरू संयुक्त राष्ट्र पोस्टल एजेन्सीबाट सोझै या अनलाइनबाट किन्न सकिनेछ ।

संयुक्त राष्ट्रले गत १९ अक्टोबरका दिन दीपावलीको सम्मानमा डाक टिकट जारी गरेको थियो ।

सनुक्त राष्ट्रका लागि भारतका स्थायी प्रतिनिधि सैयद अकबरुद्दीनले संयुक्त राष्ट्रलाई उक्त कामका लागि धन्यवाद दिएका छन् ।

उनले ट्वीट गर्दै ‘सयुक्त राष्ट्र्मा हरेक दिन राम्रो र खराबबीचको संघर्ष चलिराख्ने र यस्तो मौकामा प्रकाश पर्वको र खराबमाथि राम्रोको जीतको प्रतीकको रूप्मारहेको तिहारको हुलाक टिकट शृंखलाको पहिलो किस्ता जारी गरेकोमा संयुक्त राष्ट्रलाई धन्यवाद’ भनका छन् ।

यस अघि २०१६ मा संयुक्त राज्य अमेरिकाले पनि तिहारलाई सांकेतिक रूपमा दर्शाउँदै ‘दीपावली फर एभर युएस’ टिकट शृंखला जारी गरेको थियो ।  उक्त टिकट शृंखला अमेरिकाको सर्वाधिक बिक्री हुने हुलाक टिकटमध्ये पर्दछ ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: