धनगढीका मेयर वडद्वारा कैदीबन्दीसँग एक छाक खाना

धनगढी, कार्तिक २२ । कैलालीको धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले बिहीबार बिहानको खाना जिल्ला कारागार कैलालीका कैदीबन्दीसँग खाएका छन् । दिपावलीमा पनि कारागारमा रहेका कैदीवन्दीका लागि खसीको ब्यबस्था गरेका नगरप्रमुख वडले बिहीबार उनीहरुसँगै खाना खाएका हुन् ।

खाना खाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै नगरप्रम’ख वडले भने, ‘कारागार भनेको सुधार गृहको रुपमा बुझ्नुपर्छ, एक छाक खाना मैले उनिहरुसँगै बसेर खाएको हुँ ।’

याे पनि पढ्नुस  धनगढी उपमहानगरद्वारा तिहार तथा छठ मिलन कार्यक्रमको आयोजना

नगरप्रमुख वडले असल अभिभावकको भूमिका निभाएको भन्दै टिकापुर घटनाका आरोपी लक्ष्मण थारुले कैदीवन्दीका लागि तातो लुगाको ब्यबस्था गरिदिन पनि नगरप्रमुखसँग माग गरे । जिल्ला कारागार शाखा कैलालीमा ४ सय ९ जना कैदी रहेका छन् । यो संख्या क्षमता भन्दा तेब्बर हो ।

कमेन्ट गर्नुहोस्