Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

राष्ट्र निर्माणमा एकताको खाँचो छः नेता खनाल

काठमाडौंं, कार्तिक २२ । नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्र निर्माणको अभियानमा सत्तापक्ष र प्रतिपक्षबीच एकता र सहकार्य हुनुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लबले उनको निवासमा आयोजना गरेको देउसी भैलो कार्यक्रममा नेता खनालले जनताको सामाजिक र आर्थिक रुपान्तरणका लागि गरिबी पछौटेपन, परनिर्भरता न्यूनीकरण गर्न आवश्यक रहेको बताउँदै विकास र समृद्धिका साझा मुद्दामा सबै दल एकढिक्का हुनपर्ने बताए।

मुलुकको विकास तथा आर्थिक समृद्धि जनताको इच्छा भएकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने उनको भनाइ थियो। पाटीभित्रका गुट उपगुट अन्त्य गरी एकतावद्ध हुनुपर्ने खाँचो औंल्याउँदै उनले भने, ‘नीति र विधिका आधारमा कम्युनिष्ट पार्टी सामूहिक नेतृत्वमा सञ्चालन हुन्छ, समूहको एकताबाट नै समाज पनि विकास हुन्छ, एक व्यक्ति सर्वज्ञ हुँदैन।’ नेता खनालले पार्टीको एकीकरणमा ढिलाई भएको स्वीकार्दै त्यस विषयमा निर्णय लिन चाँडै सचिवालय बैठक बस्ने बताए।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: