Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

एचआइभी संक्रमित सेनाका सार्जेन्ट मेजरले राखे ७५ जना किशोरसँग यौनसम्बन्ध, ४ वर्षदेखि गर्दै थिए कुकर्म

बैंकक, एकजना एचआई संक्रमित सेनाका सार्जेन्टले दर्जनौं किशोरहरुमा एचआइभी संक्रमण गरेको घटना सार्वजनिक भएको छ ।

घटना थाइल्याण्डको खोनकेन प्रान्तको हो ।

थाई मिडियामा प्रकाशित समाचार अनुसार, एकजना सार्जेन्ट मेजरले करिब ७५ जना किशोरसँग अप्राकृतिक यौनसम्बन्ध ारखेका हुन ।

मेजरले वेभसाइटमा आफू समलिंगी भएको जनाउँदै उनले नक्कली प्रोफाइल बनाएर किशोरहरुलाई जालमा पार्दै आएका थिए ।

थाइल्याण्डको क्राइम टास्क फोर्सका डेपुटी हेड अफ टेक्नोलोजी सुराचेते हाकपार्नले यो खबर मिडियामा सार्वजनिक गरेका हुन ।

सुराचेतेका अनुसार, पीडित किशोरहरुको उमृर १३ देखि १८ वर्षसम्म छ । आरोपी सार्जेन्टले वेभसाइटमार्फत शुरुमा किशोरहरुसँग यौनजन्य कुरा गर्ने र उनीहरुका अश्लील तस्वीर माग्ने गर्थे । पछि त्यही तस्वीर देखाएर उनले ती किशोरहरुलाई यौनसम्बन्ध राख्न बाध्य पार्ने गरेका थिए ।

आरोपी मेजरले गत ४ वर्षदेखि किशोरहरुलाई शिकार बनाइरहेका थिए । प्रहरीलाई फेसबुकमा यो घटनाका बारेमा कसैले सन्देश पाठाएपछि अनुसन्धान शुरु गरिएको थियो ।

अहिले प्रहरीले आरोपी सार्जेन्ट मेजरलाई गिरफ्तार गरेर कानुनी कार्वाही अघि बढाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: