Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

संकटमा भारतीय कम्युनिष्ट पार्टी, ४२ कोठे कार्यालय खर्च जुटाउन नै समस्या

नयाँ दिल्ली, नेपालमा कम्युनिष्ट आन्दोलन झनै संगठित र बलियो भएको अवस्थामा भारतमा भने पुरानो मानिने कम्युनिष्ट पार्टी संकटमा परेको छ ।

भारतमा कांग्रेसपछि सबैभन्दा पुरानो कम्युनिष्ट पार्टी अफ इण्डिया (भाकपा) संकटमा परेको हो । भारतमा सात वटा राष्ट्रिय दलमध्ये एक रहेको छ ।

अहिले भने यो पार्टीको जनाधार मात्रै होइन, पार्टी चलाउन सामान्य आर्थिक अवस्था समेत राम्रो छैन । जबकि सार्वजनिक गरिएको तथ्य अनुसार, सत्तारुढ भारतीय जनताले पार्टीले गत वर्ष १०३० करोड रुपैयाँ चन्दा पाएको थियो

भारतीय कम्युनिष्ट पार्टी (भाकपा)को जन्म सन् १९२५ मा भएको थियो । त्यसै वर्ष डा. हेडगोवरले राष्ट्रिय स्वयंसेवक संघको स्थापना गरेका थिए । १९६९ मा इन्द्रप्रस्थ एस्टेटमा भाकपाले ३ तले घरमा आफ्नो राष्ट्रिय कार्यालयको स्थापना गरेको थियो ।

राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका खेलेको भाकपाबाट सांसद इन्द्रजीत गुप्ताले संयुक्त मोर्चा सरकारमा गृह मन्त्रालय जस्तो महत्वपूर्ण मन्त्रालय समेत चलाएका थिए । त्यो बेला महासचिव एबी बर्धन, चतुरानन मिश्र, अजय घोष, भूपेश गुप्त, गीता मुखर्जी जस्ता चर्चित नेता भाकपामा थिए ।

त्यो बेला ढिला रातीसम्म यो कार्यालयमा चहलपहल देखिन्थ्यो । तर आज भने यो अजय भवन भूत बंगला जस्तो लाग्छ । ४२ कोठा भएको यो घरमा आज जम्मा ४ जना नियमित कर्मचारी रहेका छन् । क्यान्टिन समेत बन्द छ । कार्यालयमा एक दुई जना केन्द्रीय पदाधिकारी मात्रै नियमितरुपमा बस्ने गर्दछन ।

पार्ट मुख्यालय अजय भवनका ४२ कोठामा एटेच्ड ट्वाइलेट छन । यसमध्ये १६ कोठामा ७२ जना बस्न सक्ने व्यवस्था समेत गरिएको छ । १४ कोठामा चार खाट छन् भने अरुमा आठ आठ जना बस्न सक्छन । तेश्रो तलामा ठूलो हल रहेको छ । भूईंतलामा भने पुस्तकालय, लाइब्रेरी र पुस्तक पसल रहेको छ । भवनमा दुईवटा लिफ्ट छन । यो सबै व्यवस्थापन गर्न बिजुली पानीको मात्रै महिनामा दुई लाखको बिल आउने गर्दछ । त्यसमाथि नियमित कर्मचारीको तलब र पूर्णकालिन नेताहरुलाई १३००० रुपैयाँ प्रतिमहिना भत्ताको बोझ ।

एकजना वरिष्ठ नेताका अनुसार, राजनीतिक अस्तित्व साँघुरिएसँगै आय पनि घटदै गएको हो । अहिले भने सामान्य खर्च जुटाउन पनि गारो परेको छ ।

कुनै बेला राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका थियो भाकपाको । सन् १९६२ को लोकसभा चुनावमा भाकपाले १० प्रीतशत मत प्राप्त गर्दै २९ सीट जितेको थियो । गत लोकसभा चुनावमा भने २१ राज्य र तीन केन्द्रशासित प्रदेशमा ६७ सीटमा उम्मेदवारी दिएको भाकपाले एउटा मात्रै सीट जितेको थियो । उसले जम्मा ०.८ प्रतिशत मत मात्रै पायो । राज्यसभामा पनि भाकपाबाट एकजना मात्रै सांसद छन् ।

कुनै बेला त्रिपुरा, पश्चिम बंगाल र केरलामा शासन गर्ने पार्टी अहिले भने ११ विधायकहरुसँग केराजाको पिनराई विजयन सरकारमा जुनियर पार्टनर जस्तै बसेको छ । २०१४को चुनावपछि निर्वाचन आयागले भाकपाको राष्ट्रिय मान्यता समाप्तीको नोटिस दिएको थियो । तर पछि आयोगले पाँच वर्षको साटो दस वर्षपछि मान्यता खारेज गर्ने निर्णय संशोधन गरेपछि अहिले भाकपा राष्ट्रिय पार्टीका रुपमा छ । तर यदि ६ महिनापछि हुने लोकसभा निर्वाचनमा भाकपाले चार राज्यमा ६ प्रतिशत भनदा कम भोट या कम्तीमा दुई सीट सुरक्षित गर्न सकेन भने उसको राष्ट्रिय मान्यता समेत खोसिने छ ।

कुनै बेला लोकप्रिय पार्टीले जनतासँगको सम्बन्ध र बदलिँदो युग अनुरुपको कार्यनीति विकास गर्न नसक्दा अहिले संकटमा परेको टिप्पणी कतिपयले गरेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: