Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

युएईमा एक नेपालीले साइकल चलाएर गिनिज बुकमा नाम लेखाए

युएई ,कात्तिक २४ ।रोजगारीका लागि युएई आएका पर्वत कुस्माका लक्ष्मण पौडेलले गिनिज बुक अफ वल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका छन।

यूएईमा हरेक बर्ष मनाइने फ्ल्ग डे को अबसरमा अल खबानीज कुरान पार्कमा ७ दिन सम्म निरन्तर साईकल चलाएर पौडेलले गिनिज बुकमा आफ्नो नाम लेखाउन सफल भएका हुन।शुक्रबार एक कार्यक्रममा सिराका कार्यकारी निर्देशक एच. इ .खलीफाले पौडेललाई गिनिज बुकमा नाम लेखिएको प्रमाण पत्र प्रदान गर्दै सम्मान गरेका छन्।

युएईको दुबई राज्य स्थित अर्कान सेक्युरिटी सर्भिसेस कम्पनीमा बिगत तीन बर्ष देखि कार्यरत पौडेलले यूएईको सरकारि सेक्युरिटी एजेन्सीले इमिरेट्स द क्यापिटल अफ सेक्युरिटी एण्ड प्रोस्पेरिटि भन्ने नाराका साथ आयोजन गरेको कार्यक्रममा सहभागीता जनाएका थिए।

उक्त कार्यक्रममा दुबई प्रहरी दुबईका विभिन्न सेक्युरिटी कम्पनी लगाएत अन्य प्राइभेट तथा पब्लिक टीमहरूको समेत सहभागिता रहेको थियो।कार्यक्रममा सात जना ब्यक्ति सँगै बसेर चलाउन मिल्ने युनिक बाइकको प्रयोग गरिएको थियो भने दुबई लगाएत बिभिन्न देशका ब्यक्तिहरुले आफ्नो कम्पनीको टीम मार्फत साइकल चलाएका थिए।

नोवेम्वर १ देखी ७ सम्म लगातार साईकल चलाएरर १९७१ किलोमीटरको दूरी १ सय ५३ घन्टा २६ मिनेट ६ सेकेन्डमा पार गर्दै वर्ल्ड रेकर्ड बन्न सफल भएको हो।
कार्यक्रममा युएई स्थित विभिन्न नेपाली संघ सस्थाका प्रतिनिधि हरुको समेत उपस्थिति रहेकोे थियोे।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: