Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चीनको अर्को चमत्कार, समाचार पढ्ने कृत्रिम मान्छे तयार !

बेइजिङ, कार्तिक २४ । एकपछि अर्को चमत्कार गरिरहेको चीनले अब समाचार पढ्ने कृत्रिम मान्छे तयार गरेको छ । चीनले पहिलो कृत्रिम समाचार बाचक तयार पारेको छ। इन्टेलिजेन्स (एआर्इ) मा आधारित समाचार बाचक चीनले शुक्रबार सार्वजनिक गरेको हो ।

चीनको समाचार एजेन्सी सिन्व्हाले यसका लागि चीनको सर्च इन्जिन कम्पनी सोगसँग साझेदारी गरेको छ । यो एआर्इ समाचार एंकरले समाचार पढ्न सक्छ भने यसको आवाज पनि मानिसको जस्तै छ । यो विश्वकै पहिलो भर्चुअल समाचार बाचक हुनेछ । रिपोर्ट अनुसार यो समाचार बाचकले पत्रकारलार्इ दैनिक दिइने पैसाको पनि बचत गर्नेछ । किनकि यसले लगातार २४ घण्टासम्म काम गर्न सक्छ ।

अझ अर्को रोचक कुरा त के छ भने यस भर्चुअल समाचार बाचकले ब्रेकिङ्ग समाचार पढ्ने क्षमता पनि राख्छ । आर्टिफिसियल इन्टेलिजेन्सलार्इ प्रयोग गरेर चीनले तस्बिर र मानिसको आवाज मिसाइ यसमा दुरूस्तै मानिसले अनुहारमा देखाउने भाव पनि राखिएको छ।

यस भर्चुअल समाचार बाचकको ओठको चालका लागि मेसिन लर्निङ्ग प्रोग्राम प्रयोग गरिएको छ। तर तपार्इँले केही ध्यान दिएर हेर्नु भयो भने ओठको चालक केही नक्कली लाग्न सक्छ । यो भर्चुअल समाचार बाचकले अंग्रेजी म्यान्डेरिन भाषामा समाचार पढ्न सक्छ । सिन्व्हा समाचार एजेन्सी इन्टरनेट र मोबाइल प्लेटफर्ममा रहेको छ । जसमा दुर्इ भाषामा यो एंकरले टीभी र वेब पेजका लागि काम गर्नेछ ।

समाचार एजेन्सीले एआर्इमा आधारित समाचार बाचाकलार्इ विशेष गरी ब्रेकिङ समाचारका लागि प्रयोग गरिने जनाएको छ । तपार्इँले यहाँ बुझ्नुपर्ने कुरा के हो भने यो कुनै रोबोट होइन यसलार्इ तपार्इँले भर्चुअल समाचार वाचक भन्न सक्नुहुन्छ ।

बीबीसीको एक रिपोर्ट अनुसार यूनिभर्सिटी अफ अक्सफोर्डका माइकल भुलरिजले यो समाचार बाचकले मान्छे जस्तै देखिन खोजे पनि वास्तवमा त्यस्तो नहुने बताए । उनले बीबीसीलार्इ बताए अनुसार यस्तो समाचार बाचक केही मिनेट भन्दा धेरै देख्न सकिन्न किनकि यो धेरै सपाट छ यसमा कुनै विविधता पनि छैन ।

सिन्व्हा समाचार एजेन्सीले भनेको छ, ‘यो ग्लोबल आर्टिफिसियल इन्टेलिजेन्स सिन्थेसिसमा क्रान्ति नै हो । ’वास्तविक समाचार बाचकको अनुहारको भाव, ओठको हाउभाउका लागि ‘मेसिन लर्निङ’ को प्रयोग गरिएको छ। अन्नपूर्ण पोस्टबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: