एकदिन छोराले बुवासँग लजाउँदै भनेछ– बा, मैले एकजना केटी मन पराएको छु ।
बुवाः लौ, लभ मा परिछस्, को हो त्यो केटी ?
छोराः तल पिपलबोट छेउ बस्ने रिता आन्टीकी छोरी सुष्मा हो बुवा
बुवा अन्कनाउँदै– त्यो तेरो बहिनी पर्छे, अर्को कोही खोज । अनि सुन, यो कुरा आमालाई नभनेस ल
अर्को दिन फेरी छोराले भन्यो– बा, मैले अर्को केटी भेट्टाए नि
बुवाः को फेला पारिस फेरी ?
छोराः सरिता आन्टीको छोरी अस्मिताई प्रपोज गरेको । मानि हाली ।
बुवाः त्यो नि तेरो बहिनी पर्छे । अनि सुन, आमालाई नभनेस है ।
छोरोलाई लास्टै रिस उठेछ । उसको पालो, आमालाई गएर सबै कुरा भन्दियो ।
आमाः चिन्ता नगर छोरा, तँ जस्लाई मन पराउँछस्, उसँग बिहे गर । तेरो बा को टेन्सन न लगे । साँच्चि भन्दा ऊ तेरो बाऊ हैन ।
छोरा ठाउँको ठाउँ बेहोस ।